Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > National

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउन माग गर्दै सर्वोच्चमा रिट

Sunday, 02.17.2013, 11:07pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, फाल्गुन ६

बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर भएको छ ।

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रमुख दलहरुको निर्णय खारेज माग गर्दै अधिवक्ता भरतमणि जङ्गमले रिट दायर गर्नु भएको हो । रिटमा बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु अन्तरिम संविधान, शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक मान्यताविरुद्ध भएको उल्लेख गरिएको छ ।राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख चार दललाई विपक्षी बनाइएको रिटमा  प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउन परमादेश माग गरिएको छ । यस्तै राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शनिबार साँझ बसेको प्रमुख चार दलको बैठकले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति गरेको थियो ।प्रधानन्यायाधीश खिलराज रेग्मी शीतल निवास पुग्नु भएको छ । राष्ट्रपति डा. रामवरण यादवलाई सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउन शीतल निवास जानु भएको हो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top