Hot News
नेपालमा लगानीको अवसर बारे अन्तक्र्रिया ; भरतपुरमा च्यातिएका मत मतपत्र आज सर्वोच्च अदालतमा ; काठमाडौंमा फोहरबाट १४ किलोवाट बिजुली उत्पादन ; चुम्लुङ हिम खरिद सहयोगार्थ याक्थुम स्वर्णिम साँझ–४ सम्पन्न ; धनगढीमा आफैले बोकेको बम विस्फोट हुँदाएक जनाको ज्यान गएको छ
Home > News > National

नेपाली सेनालाई ३ अर्ब

Friday, 02.15.2013, 10:19pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, फाल्गुन ४

सरकारले नेपाली सेनालाई हेलिकप्टर किन्न ३ अर्ब रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सेनाले ३० सिट क्षमताका रुसमा निर्मित एमआई-१७ दुई वटा हेलिकप्टर किन्ने तयारी गरेको छ । मन्त्रीपरिषद बैठकले पर्सी मनाइने प्रजातन्त्र दिवसका अवसर पारेर ६६ जनालाई आम माफि दिने भएको छ साथै बैठकले सगरमाथा अञ्चल अस्पतालको नाम गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राख्ने, चलचित्र विकास कोषलाई ५० लाख, विपन्न नागरिक कल्याण कोषलाई ५ करोड, उपेक्षित तथा उत्पीडित दलित वर्ग उत्थान समितिलाई ४ लाख अनुदान दिने निर्णय गरेको छ । त्यसैगरी  दलित आयोगका अध्यक्ष र सदस्यलाई ४ लाख ५९ हजार आर्थिक साहयाता दिने र १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनालाई युरोपियन इन्भेस्टमेन्ट बैंकले प्रदान गर्ने ५ अर्ब ९५ करोड सहुलियत पूर्ण ऋणलाई स्विकार गर्ने, त्यस्तै हङकङको महावाणिज्यदूतमा  महेशकुमार दाहाललाई, हेटौडा सिमेन्टका महाप्रबन्धकमा सुनिलकुमार झा र उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकमा शिबकुमार पटेललाई नियुक्ति गरिएको छ निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिनु भयो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top