Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > National

फेरि थपे राष्ट्रपतिले ५ दिन

Sunday, 12.30.2012, 05:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, पुस १५

सहमतीय सरकार गठनको लागि पाँच दिनको लागि म्याद थपेर ६ दिने भारत भ्रमणमा गएका राष्ट्रपति डा.रामवरण यादवले आइतबार पुनः ५ दिनको म्याद थप गर्नु भएको छ । डा.यावदलाई भेट्न बिहान शितलनिवास पुगेका प्रमुख दलका शिर्ष नेताहरुले उहाँलाई अन्तिम पटक म्याद थप गर्नका लागि आग्रह गरेका थिए ।राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठले जारी गरेको बिज्ञप्तीमा दलहरुले भनेबमोजिम म्याद थप गरिएको बताइएको छ । पटकपटक थपिएको समयमा पनि राजनीतिक निकास निस्कन नसकेका प्रमुख चार दलका नेताले राष्ट्रपति रामवरण यादवसँग फेरि समय मागेका छन् । नेताहरुले पहिलो चरणमा सहमति गर्ने र दोस्रो चरणमा त्यसको कार्यान्वयन गर्ने गरी अब थपिने समयमा सहमति जुटाउने प्रतिबद्धता जनाएका छन् ।राष्ट्रपति डा. रामवरण यादवसाग आज राष्ट्रपति भवन शीतलनिवासमा भएको छलफलमा शीर्ष नेताहरुले दुई चरणमा सहमतिमा पुग्ने गरी छलफल अघि बढाएका हुन् । त्यसको लागि दुई चरणमा समय थप्न सकिने माग भएको नेताहरुले जानकारी दिएका छन् ।आज बिहान भएको छलफलपछि नेकपा (एमाले) अध्यक्ष झलनाथ खनालले सहमतिमा पुग्न जटिलता भए पनि अब थपिने समयमा सहमतिमा पुग्ने कोसिस गरिने बताए । त्यसको लागि पाँच दिनको समय थपिने सम्भावना रहेको उनको भनाइ थियो ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पहिलो चरणमा सहमति गर्ने र दोस्रो चरणमा त्यसको कार्यान्वयन गर्ने गरी प्याकेजमा सहमति खोज्ने बारेमा छलफल भएको र समस्याको कडी कसको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने भन्नेमै केन्द्रित रहेको बताए ।मोर्चाका संयोजक गच्छदारले पुस २५ भित्र संविधान संशोधनसहित निर्वाचन प्रक्रियालाई अघि बढाउन संवैधानिक निकायमा पदपूर्तिजस्ता विषयमा सहमति खोज्नुपर्ने बताए ।सो छलफलमा राष्ट्रपति डा यादवले दलहरुकै सहमतिबाट राजनीतिक निकास निकाल्नुपर्ने र त्यसलाई आफूले अघि बढाउने हो भन्दै छिटो सहमति पुग्न दलका नेताहरुलाई आग्रह गरेका थिए ।सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा यादवले पुस ९ गते आहृवान गरेक १४ गतेसम्मको समयसीमा त्यसै खेर गएपछि आज भएको छलफलमा शीर्ष नेताहरुले सहमतिका लागि कोसिस गर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन् ।उक्त अवधिमा प्रमुख दलका नेताहरुबीच औपचारिक छलफलसमेत हुन सकेको थिएन ।पुस ९ गते भारत भ्रमणमा निस्कनुअघि राष्ट्रपति डा यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएर आफू भारत भ्रमणबाट फर्केर आउनुअघिसम्म सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए ।तर सो अवधिमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि राष्ट्रपति र एनेकपा (माओवादी), नेकपा (एमाले), नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका पार्टी प्रमुखहरुसाग छलफल भएको हो । शीर्ष नेताहरुसाग सो दलका थप एकएक नेता पनि सहभागी थिए ।राष्ट्रपति डा यादवले पहिलोचोटी गत मङ्सिर ८ गते राजनीतिक दलहरुलाई सहमतीय सरकार गठनका लागि आहृवान गर्नुभएको थियो । त्यसपछि मङ्सिर १४, २२ र २८ गते गरी पटकपटक सहमति सरकार गठनका लागि राष्ट्रपति यादवले आहृवान गरेका थिए ।


Bagaicha.com and RASHSH

Hot News

 

SEARCH

Newsletter

Top