Hot News
नेपाली जुडोका स्टार खेलाडीहरु एशियन च्याम्पियनसिपका लागि हङकङ आईपुगे, ; राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाउने निर्णय ; नेपाल भलिबल संघले ‘भलिबल’ लाई राष्ट्रिय खेल बनाउने ; ३ महानगर र एक उपमहानगरमा यस्तो छ पछिल्लो अवस्था ; ललितपुर महानगर मेयरमा कांग्रेस विजयी
Home > News > National

राष्ट्रपतिद्बारा फेरि पनि पाँच दिनका लागि समय थप

Tuesday, 12.18.2012, 06:21pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, पुस ३

राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पाँचौ पटक म्याद थप गर्नु भएको छ ।थपिएको चार पटकको समयमा केहि हुन नसकेपछि राष्ट्रपतिले मंगलबार पुनः पाँच दिनको म्याद थप गर्नु भएको हो । दलका नेताहरुले मंगलबार बिहान छलफल गरी तीनदेखि पाँच दिन म्याद थप गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए । चौथो पटक थपिएको म्याद सोमबार नै सकिएको थियो ।  

'राजनैतिक दलहरुको माग बमोजिम संवत् २०६९ साल पौष २ गते सोमबारका दिनसम्म समय थप गर्नु भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले फेरि पनि थप समय माग गरेको हुँदा,' राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'माग बमोजिम संवत् २०६९ साल पौष ७ गते शनिवारका दिनसम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।'

सहमतिका लागि नेतालाई मौखिकरुपमा आग्रह गर्दै आउनु भएका राष्ट्रपतिले मंसिर ८ गते लिखितरुपमा नै राष्ट्रिय सहमतिको सरकार गठनका लागि आहृवान गर्नु भएको थियो। राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८९१० बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन मंसिर २८ गते चौथो पटक म्याद थप्नु भएको थियो । त्यसअघि मंसिर ७ र १४ गते सात/सात दिन र २२ गते ६ दिनको समय दिइएको थियो ।

राष्ट्रपति कार्यालयका विज्ञप्तीको

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम संवत् २०६९ साल पौष २ गते सोमबारका दिनसम्म समय थप गर्नु भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले फेरि पनि थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल पौष ७ गते शनिवारका दिनसम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।


हरिकुमार श्रेष्ठ

प्रवक्ता


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top