Hot News
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको राजीनामा, महाअभियोगप्रति असन्तुष्टी ; प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग, कामुमा गोपाल पराजुलीलार्इ नियुक्त गर्ने तया ; बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार ; बक्स अफिस लागू गर्ने तयारी ; संरक्षकको शानदर जीत, ईराको उदय,
Home > News > National

राष्ट्रपतिको कदम अन्तरिम संविधान विपरीत भएको सरकारको ठहर

Sunday, 11.25.2012, 10:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, मंसिर १०

राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकारका लागि गरेको आह्‍वान अन्तरिम संविधानको भावना र मर्म विपरीत भएको सरकारले ठहर गरेको छ ।आज मन्त्रिपरिषदको विशेष बैठकले राष्ट्रपतिले सहमतीय सरकारकालागि पत्र लेख्नु असंवैधानिक भएको निर्णय गरेको छ । बैठकपछि सञ्चारमन्त्री राजकिशोर यादवले भन्नु भयो  'राष्ट्रपतिज्यूले सरकार विषयमा विगतमा र अहिले चाल्नु भएको कदम दुवै संविधानको भावना विपरीत हो,' ।उहाँले  मन्त्रिपरिषदले गरेको निर्णय बारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइने बताउनु भयो। संविधानसभाको विघटनपछि राष्ट्रपतिले प्रधानमन्त्री  डा. बाबुराम भट्टराईलाई कामचालाउ सरकार भनेका थिए भने उनले अहिले ७ दिन भित्र सहमतीय सरकार निर्माणका लागि राजनीतिक दलहरुलाई आह्‍वान गरेका छन् । वर्तमान सरकार व्यवस्थापिका संसदबाट चयन भएको र त्यसैको निरन्तरता भएकाले राष्ट्रपतिले स्वत्तः पदमुक्ति भन्नु र नयाँ प्रधानमन्त्रीका लाग आह्वान गर्नु संविधानको भावना विपरीत भएको सञ्चारमन्त्रीले बताए ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top