Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
Home > News > National

राष्ट्रपतिद्धारा राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वाछन विपक्षीद्वारा स्वागत

Friday, 11.23.2012, 09:05pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर ८

राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि सात दिनको समय दिएर आह्‍वान गर्नु भएको छ ।राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८(१) अनुसार सहमतीय सरकारका लागि आह्वान गर्नु भएको हो । बारम्बार सहमतिको लागि प्रमुख राजनितिक दलका नेताहरुलाई बोलाएर राष्ट्रिय सहमतिका लागि आग्रह गर्दै आएका राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार लागि संविधान अनुसार औपचारिक आह्वान गर्नु भएको हो । संविधान अनुसार राष्ट्रपतिले सहमतीय सरकारको लागि आह्वान गर्ने र त्यसले सरकार बनाउन नसकेमा संसदलाई बहुमतीय आधारमा सरकार चयनको लागि लेखी पठाउने भएको छ । अन्तरिम संविधानमा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । गणतन्त्र कार्यान्वयन यता राष्ट्रपतिले दलहरुलाई यस्तो आहृवान गर्दै आएका छन् ।हाल संसद नभएको अवस्थामा राष्ट्रपतिको आह्वानमा पनि राष्ट्रिय सहमतिको सरकार गठन नभएमा त्यसपछिको कदमका बारेमा भने अन्योल कायमै रहनेछ ।जेठ १४ गते संविधानसभाको विघटनपछि राष्ट्रपतिले जेठ १६ गते बिज्ञप्ती जारी गरी सरकार कामचलाउ अवस्थामा रहेको उल्लेख गर्नु भएको थियो । यता सरकारले भने बैशाख मसान्तसम्ममा संविधानसभा निर्वाचन गर्ने निर्णय गरेको छ । राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि सात दिनको समय दिएर आह्‍वान अन्य  विपक्षी दलहरुले स्वागत गरेका छन् ।

विज्ञप्तीको पूर्ण पाठ:

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले संवत् २०६५ साल जेठ १५ गते देखि प्रारम्भ भएको संविधानसभाको कार्यकाल २०६९ जेठ १४ गते पश्चात समाप्त भई व्यवस्थापिकासंसद समेत नरहेको अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य संचालन गरिरहने व्यहोरा समेत मिति २०६९।०२।१६ मा जानकारी गराइएको र मुलुकमा विद्यमान राजनैतिक एवं संवैधानिक गतिरोधको अन्त्य गर्दै जनताको चाहना बमोजिम संविधानसभाद्वारा नयाँ संविधान निर्माण गरी निकास दिने सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको आदेशलाई समेत ध्यानमा राखी सरकार, राजनैतिक दलका नेता तथा प्रतिनिधिहरुसंग सामूहिक एवं व्यक्तिगत रुपमा पटक पटक छलफल गर्दा पनि संविधानसभाको अवसान भए देखि हाल सम्म राजनैतिक सहमतिको निरन्तर प्रयास रहे तापनि राजनैतिक सहमति कायम भई राजनैतिक एवं संवैधानिक निकास निस्कन र प्रधानमन्त्रीको चयन हुन नसकेकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६क. को संवैधानिक प्रावधान बमोजिमको कर्तव्य समेत वोध गर्दै नेपालको अन्तरिम संविधान, २०६३ को मर्मलाई दृष्टिगत गरी धारा ३८ को उपधारा (१) बमोजिम संवत् २०६९ साल मंसिर १४ गते बिहीबारका दिन दिनको १६:०० बजे सम्ममा राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनको लागि उपयुक्त प्रस्ताव सिफारिस गर्नराजनैतिक दलहरुलाई आह्वान गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top