Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > National

दुई तिहाइ बजेट सार्वजनिक

Wednesday, 11.21.2012, 10:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर ६

गत आर्थिक वर्षको वास्तविक खर्चमा नबढ्ने गरी चालू आर्थिक वर्षको बाँकी अवधिको कार्यसञ्चालनका लागि सरकारले दुई तिहाइ बजेट सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति डा. रामवरण यादवले रकम झिक्ने र विनियोजन गरी खर्च गर्ने अधिकार व्यवस्थाको अध्यादेश पारित गरे पश्चात नयाँ विकास आयोजना अगाडि नबढे पनि सरकारी कार्य सञ्चालनमा समस्या नहुने भएको छ ।अध्यादेश मार्फत यस वर्षभरिमा सरकारले ३ खर्ब ५१ अर्ब ९३ करोड रुपैयाँ खर्च गर्न पाउने छ । यो गत वर्षको वास्तविक खर्च हो । जसमध्ये राज्यकोषमाथि व्ययभार पर्ने शीर्षकमा राष्ट्रपति र संवैधानिक निकायका लागि वर्षभरिकै लागि असार ३१ गते नै रकम व्यवस्था गरिसकेको थियो । असारमा सार्वजनिक गरिएको १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको एक तृतीयांश रकम सकिन लागेकाले सरकारले आगामी दिनमा १ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्न पाउनेछ । जसअनुसार सरकारले दुई किस्तामा रकम खर्च गर्ने अख्तियारी पाएको छ । दलीय सहमति नजुटेपछि फेरि एक तिहाइ बजेट ल्याउने दबाब झेलिरहेको सरकार राष्ट्रपति यादवमार्फत एकै पटक दुई तिहाइ खर्च गर्न पाउने अध्यादेश पारित भएको छ । हिजो राति साढे ९ बजे सुरु भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले भन्नु भयो, 'यो पूर्ण नभई दुई तिहाइ बजेटमात्रै हो ।' उहाँले दुई तिहाइ बजेट ल्याउन राष्ट्रपतिसँग कुनै पनि प्रकारको सम्झौता नगरिएको बताए ।दुई तिहाइ बजेटबारे संविधानमा कुनै व्यवस्था नभएको विषयमा भने अर्थमन्त्री पुनले आवश्यकताको सिद्धान्तअनुसार धारा ८८ मार्फत बजेट सार्वजनिक गरिएको जनकारी दिनु भयो । विपक्षीको दबाबका कारण पूर्ण बजेट ल्याउन नपाएको भन्दै बाध्यतावश दुई तिहाइ ल्याउनुपरेको पुनले भनाई थियो।सरकारले एक तृतीयांश र दुई तिहाइ गरी दुई किस्तामा बजेट ल्याइसके पनि पूर्ण बजेट अपरिहार्य देखिएकाले यो वर्ष तीन पटक बजेट पेस हुने सम्भावना समेत बढेको छ । विकासका लागि गत वर्षको भन्दा करिब २० अर्ब रुपैयाँले भन्दा कम यस वर्ष सरकारले ५१ अर्ब रुपैयाँमात्रै पाएको छ ।२ खर्ब ४६ अर्ब रुपैयाँ साधारण खर्च छुट्टयाइएको छ । वैशाखमा निर्वाचन घोषणा गरेको सरकारले त्यसका लागि पनि खर्च विनियोजन गरेको छ । करिब १० अर्ब रुपैयाँ निर्वाचनका लागि विनियोजन गरिएको छ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top