Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > National

सरकारले बजेट राष्ट्रपतिलाई पेस गर्यो

Tuesday, 11.20.2012, 10:27pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, मंसिर ५

आज मन्त्रिपरिषद्ले पारित गरेको बजेट नै राष्ट्रपतिलाई पेस गरिएको छ । सरकारले ३ खर्ब ६४ करोड १० लाख ४० हजार रुपैयाँको पूर्ण बजेट पेस गरेको छ ।  प्रधानमन्त्री डा.बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुन र मुख्यसचिव लीलामणि पौड्याल पारित बजेट बोकेर स्वीकृतिका लागि साँझ राष्ट्रपति कार्यालय शीतल निवास पुगि पारित बजेट राष्ट्रपतिलाई बुझाउनु भएकोछ ।मन्त्रिपरिषद् बैठकले दिउँसो बाँकी आठ महिनाका लागि गत वर्षको वास्तविक खर्चका आधारमा चालू खर्च गर्ने अधिकारसहितको बजेट अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । प्रतिपक्षी कांग्रेस-एमालेले सरकारको बहिर्गमन नभएसम्म बजेट ल्याउन सहमति नजनाउने अडान लिएपछि मन्त्रिपरिषद्ले तृतीयांश प्रकृतिकै विशेष बजेट राष्ट्रपतिसमक्ष पठाएको हो । सरकारले साउनमा एक तृतीयांश बजेट ल्याएको हो। बजेटमा पुरानै कार्यक्रमलाई निरन्तर्ता दिदै सरकारले आगामी निर्वाचनका लागि मात्रै १० अर्ब रुपैया विनियोजन गरेको छ । आगामी बैशाखमा संविधानसभाको नयाँ निर्वाचन गर्ने निर्णय गर्दै सरकारले त्यसका लागि बजेट बिनियोजन समेत गरेको बुखझिएको छ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top