Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > National

राष्ट्रपति- प्रधानमन्त्री भेटपछि बजेटको मिति फेरि सर्यो

Sunday, 11.18.2012, 07:18pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, मङ्सिर ३

राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच अपराह्न भएको भेटपछि सरकारले आजै पठाउने तयारी गरेको चालु आर्थिक वर्षको अध्यादेश (बजेट) मंगलबारसम्मका लागि सरेको छ। यसअघि सत्तारुढ दलहरुको बैठकले नयाँ कार्यक्रमलाई हटाएर पुरानै सरकारका कार्यक्रमलाई राखेर पूर्ण बजेटको अध्यादेश आजै पठाउने निर्णय गरेको थियो। तर राष्ट्रपतिले पुनः सहमतिमा नै जोड दिएका कारण भोलि सोमबार फेरि सहमतिको पहल गरिने बताइएको छ। भोलि चार प्रमुख दलको बैठकले सहमति जुटाउन पहल गर्नेछ।   

आर्थिक अध्यादेश आजै राष्ट्रपतिसमक्ष पठाइने
काठमाडौँ, मङ्सिर ३ - सरकारले चालु आर्थिक वर्षको आयव्ययको विवरण (बजेट) राष्ट्रपतिसमक्ष अनुमोदनका लागि आजै प्रस्तुत गर्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सत्तारुढ दलहरूको बैठकले यस्तो निर्णय गरेको हो।बैठकले यसअघिको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै आजै पूर्ण बजेटसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो।बैठकपछि अर्थमन्त्री वर्षमान पुनले आजै अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेर अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पेश गर्ने सत्तारुढ दलहरूको बैठकले निर्णय गरेको जानकारी दिए।सत्तारुढ दलहरूले गरेको निर्णयबारे प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रपतिलाई आजै जानकारी गराउने बताइएको छ। 


रासस

Hot News

 

SEARCH

Newsletter

Top