Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > National

हिलेसम्मकै ठूलो भ्रष्टाचारको मुद्दा दायर

Monday, 09.17.2012, 09:53am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, असोज १

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो आफ्नो २२औँ बार्षिक प्रतिवेदन राष्ट्रपति डा. रामवरण यादवलाई बुझाएको छ । आयोगका सचिव भगवती काफ्लेले राष्ट्रपति निवास पुगी प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा गत बर्षको तुलनामा भ्रष्टाचार र अनियमितता सम्वन्धी उजुरी वढेको उल्लेख छ । गत आर्थिक वर्षमा भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाउने, नक्कली शैक्षिक प्रमाणपत्र र पदिय दुरुपयोग सम्वन्धी ८ हजार ८ सय ३९ मुद्धा दर्ता भएको आयोगले जनाएको छ ।तीमध्ये ५ हजार ४ सय ४६ मुद्धाको छानविन पनि सकिएको छ । अदालतमा पेश गरेका मुद्धा मध्ये ८८ प्रतिशतमा आयोगले सफलता प्राप्त गरेको प्रवक्ता ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । अख्तियार लामो समय देखि प्रमुखविहिन छ । यसै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोजले हिलेसम्मकै ठूलो भ्रष्टाचारको मुद्दा दायर गरेको छ । डडेलधुराका विभिन्न सामुदायिक वनको फँडानीमा संलग्न भएको भन्दै सहसचिवसहित वनका ११ कर्मचारी र सामुदायिक वनका १ सय ८५ जनाविरुद्ध ४३ करोड १० लाख १४ हजार तीन सय ७२ रुपैया बिगो बराबरको मुद्दा दायर भएको हो ।तत्कालीन सुदूर पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशक विजयराज पौड्यालसहित तत्कालीन डीअफओ कृष्णप्रसाद वस्ती र धनिचन्द्र ठकुरीका साथै सहायक वन अधिकृतहरू राजेश साह, भोलाप्रसाद चौधरी देवशरण यादव, सुरेश सिंह, बुद्धिराज भट्ट, रामेश्वर खकुरेल, रामप्रसाद चौधरीलगात विरुद्ध मुद्दा दायर भएको हो । सहसचिव पौड्याल अहिले वन विभागअन्तर्गत सामुदायिक वन महाशाखा प्रमुख छन् भने वस्ती हालै सिन्धुपाल्चोकबाट दोलखाको डीअफओमा सरुवा भएका छन् ।बिगो र प्रतिवादी दुवैका हिसाबले अख्तियारले दायर गरेको मुद्दामा यो सबैभन्दा ठूलो मुद्दा भएको अख्तियारका प्रवक्ता ईश्वरी पौड्यालले दाबी गरे । वन फँडानीमा संलग्न रहेको भन्दै १ सय ८ सामुदायिक वन उपभोक्ता समितिका १८५ जनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।डडेलधुराका विभिन्न सामुदायिक वनमा व्यापक फँडानी भएको र त्यसमा वनका कर्मचारी र उपभोक्ता र पदाधिकारीसमेत संलग्न भएको अख्तियारमा १८ वटा उजुरी परेपछि गत माघ २२ देखि अख्तियारले अनुसन्धान थालेको थियो ।उनीहरूकै संलग्नतामा साल, सल्ला र सिसौका गरी करिब ७ लाख ५३ हजार ३ सय १२.८३ सिएफटी काठ काटिएको अख्तियारको दाबी छ । जसमध्ये ५ लाख ७ हजार साल, एक लाख १७ हजार ६सय १३ सल्ला र ३ हजार एक सय ५२ सिएफटी खयर काटिएको छ । फँडानीबारे यसअघि नै अख्तियारले स्थलगत अध्ययन गरी प्रतिवेदनसमेत तयार पारेको थियो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top