Hot News
ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित ; २६ जिल्लामा जनजीवन अस्तब्यस्त
Home > News > National

प्रहरी महानिरीक्षकमा कुवेरसिंह राना साथै मन्त्रिपरिषद्को अन्य निर्णय

Thursday, 09.13.2012, 09:56pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, भाद्र २८

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा कुवेरसिंह रानालाई नियुक्त गरेको छ । बिहीबार अपराह्न मन्त्रिपरिषद्को बसेको बैठकले गृहमन्त्रालयको प्रस्तावमा रानालाई आईजीपी नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिनु भएको छ । आईजीपीका लागि दाबेदार तीनमध्ये राना सबैभन्दा वरिष्ठ हुन् । उहाँ महानगरीय आयुक्त कार्यालयका प्रमुख हुन ।राजनीतिक हस्तक्षेप र आफ्नो मान्छेलाई नियुक्त गर्न निकै होडबाजि समेत चलेको थियो ।उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले तेस्रो बरियताका भीष्म प्रसाईँलाई आईजीपी बनाउने अडान नछाडेपछि एक महिनासम्म नियुक्ति अड्किएको थियो । सरकारले कामु तोक्न नसक्दा आईजीपी रविन्द्रप्रताप शाह बिदामा बस्न पाएका थिएनन् । उनी एक महिनाअघि नै बिदामा बस्नुपर्ने थियो । शाहले शुक्रबार अवकास पाउने भएपछि सरकारलाई बिहीबार नै नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने दबाब थियो ।मन्त्रिपरिषद् बैठकपछि संवाददाताहरूसँग सरकारका प्रवक्ता यादवले नयाँ प्रहरी महानिरीक्षक नियुक्तिमा कुनै विवाद नभएको बताउनु भयो । मन्त्रिपरिषद् बैठकअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री गच्छदारबीच छलफल भएको थियो ।नवनियुक्त आईजीपी रानालाई बिहीबार नै दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ । अवकास प्राप्त आईजीपी शाहको पनि बिहीबार नै बिदाइ गरिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले सरकारी विद्यालय तथा क्याम्पस पढ्ने विद्यार्थीलाई ग्यास र मट्टितेलमा छुट दिने समेत निर्णय गरेको छ । वर्षमा चार वटा ग्यासमा प्रतिसिलिण्डर २ सय ५० रुपैयाँ र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिने निर्णय गरेको छ । यसैग री सरकारले आईसीसी विश्व क्रिकेट लिग डिभिजन४ विजेता नेपाली क्रिकेट टिमका सवै खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गर्ने भएको छ ।मन्त्रिपरिषद् बैठकले सवै खेलाडी र प्रशिक्षकलाई जनही ३३ लाख रुपैयाँका दरले पुरस्कृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिनु भयो । डिभिजन ४ च्याम्पियन बन्दै नेपाल डिभिजन ३ मा प्रवेश गरेको छ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top