Hot News
मत गणना सुरू, कहा कति खसेत मत ? ; दोस्रो चरणको निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न, ७०. ५ प्रतिशत मतदान: आयोग ; मतदान केन्द्रनजिकै बम विष्फोट मतदान पुनः चालू ; मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित ; मतदानमा दुर्इ जनाको निधन
Home > News > National

आजबाट बिबी एयरवेजको नेपालमा उडान सुरु

Thursday, 09.13.2012, 09:54pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, भदौ २८

निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले बिहीबारबाट नेपालमा उडान सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा काठमाडौंबाट 'चार्टर' उडान गरेको हो। कम्बोडियाको सियाम रिपबाट २ सय १ पर्यटक लिएर आएको बोइङ ७५७-२०० सिरिजको जहाजबाट बिबीले उडान सञ्चालन गरेको हो। बिबीले यात्रुवाहक उडान भने आगामी असोज २५ बाट गर्ने जनाएको छ।बिबीको जहाज बिहीबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। आगामी असोज २५ बाट नियमित यात्रुवाहक उडान मलेसियाको क्वालालम्पुर र हङकङका लागि गरिने छ भने जापान टोकियाका लागि पनि सातामा दुई चार्टर उडान गरिने छ। त्यसै गरी बिबीले क्वालालम्पुरका लागि साताका सोमबार, बिहीबार, शनिबार र आइतबार गरी चार उडान गर्नेछ। हङकङका लागि मंगलबार, शुक्रबार र आइतबार गरी तीन उडान सञ्चालन गर्ने जनाएको छ। काठमाडौं-क्वालालम्पुर दुईतर्फी ३६ हजार रुपैयाँबाट भाडा दर सुरु हुनेछ। काठमाडौं-हङकङ दुईतर्फी ४८ हजार रुपैयाँबाट सुरु हुनेछ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top