Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > National

४५ घन्टा लोडसेडिङ

Monday, 08.20.2012, 07:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, भाद्र ४

साताको ३५ घन्टा लोडसेडिङ हुदै आएकोमा आजबाट ४५ घन्टा हुने भएको छ ।बर्खामा लोडसेडिङको समय घटाउने विद्युत् प्राधिकरणले यस पटक भदौमै बिजुली काट्ने समय बढाएको छ । प्राधिकरणले सोमबारदेखि लागू हुने गरी थप विद्युत् कटौती गरेको हो । प्राधिकरणद्वारा जारी सूचनामा 'कुलेखानी जलाशयमा गत वर्षको भन्दा न्यून पानी जम्मा भएको र माग अत्यधिक बढेकाले लोडसेडिङको समय बढाउनुपरेको,' उल्लेख छ । मुलुकका जडित आयोजनाबाट बर्खामा बढीमा ५ सय ५० मेगावाट बिजुली उत्पादन हुन्छ । तर वास्तविक उत्पादन भने ५ सय मेगावाटको हाराहारीमा भएको प्राधिकरणको भनाइ छ ।माग भने हजार मेगावाटको हाराहारीमा पुगेको छ । भारतबाट करिब एक सय मेगावाट बिजुली आयात भइरहेको छ । तर पूर्वबाट आउने बिजुली भने एक सतायता ३५ मेगावाटले कटौती भएको छ । यसले लोडसेडिङ बढाएको प्राधिकरणको भनाइ छ । भारतमा केहि साता अघि एकाएक बिजुली गए पछि नेपाल आउनेमा कटौती गरिएको अधिकारीहरु वताउछन ।उत्पादन र आपूर्तिबीचको उक्त खाडलले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । गत वर्ष ८ मेगावाट मात्रै बिजुली थपिएको थियो । अघिल्लो २ वर्षमा जम्मा १० मेगावाट थपिएको थियो ।कुलेखानी नभरिएकाले यसपटकको हिउँदमा चर्को बिजुली कटौती हुने देखिएको छ । बर्खाको मौसममा कुलेखानीको पानी भने चलाइँदैन । उक्त आयोजनामा २ वटा प्लान्टबाट करिब ९० मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । जलाशयमा बढीमा १५ सय ३१ मिटरसम्म पानी जम्मा गर्न सकिन्छ । तर १५ सय १५ मिटर मात्रै पानी जम्मा भएको छ ।यसपटकको हिउँदमा भने लोडसेडिङको समय गणना गरी नसकिएको प्राधिकरणका अधिकारी बताउँछन् । गत वर्षको प्रक्षेपण अनुसार दिनको २१ घन्टासम्म लोडसेडिङ हुने अनुमान थियो । तर भारतबाट थप १ सय मेगावाट आयात गर्न सकिए समय घट्ने प्राधिकरणको बताएको छ । 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top