Hot News
सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय ; चार अर्बको गोली किन्न सरकारलाई दबाव
Home > News > National

सरकारले चाहदैमा संविधानसभाको निर्वाचन हुन सक्दैन : राष्ट्रपति

Sunday, 08.19.2012, 11:01pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, भदौ ३

राष्ट्रपति डा. रामवरण यादवले सरकारले चाहदैमा संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।आज काठमाडौंको सुन्दरीजलमा ओख्रेनी माध्यामिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले बताउनु भयो ।संविधानसभा निर्वाचनका लागि दलीय सहमति आवश्यक भएको उहाँले स्पष्ट पार्नुभयो । निर्वाचन आयोगले संविधानसभा निर्वाचह हुन सक्दैन भनिसकेकाले सरकारले सिफारिस गरेका दुई अध्यादेशको कुनै भुमिका नरहेकाले स्वीकृत नगर्नुको अर्थ नरहेको उहाँको भनाई थियो । निर्वाचन सम्वन्धी सरकारले पेश गरेको २ वटा अध्यादेश अस्वीकृत भएपछि आज त्यसबारे राष्ट्रपतिको भनाई सार्वजनिक भएको हो । उहाँले भन्नु भयो 'सरकारले संसदीय निर्वाचन गर्न सक्छ,' राष्ट्रपतिले भने, 'संविधानसभा चुनाव राष्ट्रिय सहमतिमा मात्र सम्भव छ ।'अध्यादेश फिर्ताबारे टिप्पणी लक्षित गर्दै उहाँले - 'सरकारले कानुनमात्र पढे पुग्छ मैले संविधान पनि पढ्नुपर्छ ।' उहाँले चार शक्तिबीच सहमति नभए आन्दोलनबाट प्राप्त उपलब्धि पनि गुम्ने खतरा रहेको बताउनु भयो ।राष्ट्रपतिले निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६९ र संविधानसभा सदस्य निर्वाचन अध्यादेश ऐन, २०६९ अस्वीकृत गर्नु भएको थियो । अध्यादेश अस्वीकृत गर्ने राष्ट्रपतिको कदम 'दुर्भाग्यपूर्ण' भएको टिप्पणी गर्दै माओवादीले राष्ट्रपतिको कदमविरुद्ध जनपरिचालन गर्ने घोषणा गरेको छ ।

 


<!--[if !supportLineBreakNewLine]-->
<!--[endif]-->


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top