Hot News
ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; महाविर पुनको सहयोगार्थ भारतीय गोर्खा भू.पू.साँझ–२०१७ सम्पन्न ; साहित्य श्रृंखलाको ६ औं वार्षिकोत्षव २५ जुनमा ; अनुप ले गरे आँखामा तिम्रो आँखामा निर्देशन
Home > News > National

चल्यो आज देखि उपत्यकामा रात्रीकालीन बस

Friday, 08.17.2012, 10:37pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, भाद्र १

काठमाडौं उपत्यकामा आज शुक्रबार देखि रात्रीकालीन बस संचालनमा आएको छ । रात्रीजीवन सहज बनाउन महानगरले राष्ट्रिय यातायात व्यवसायी महासंघको सहकार्यमा बस सञ्चालनमा ल्याउन लागेको हो । स्थानीय विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आज साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा नाइट मेट्रो बस सेवाको शुभारम्भ गर्नु भएको छ । बसको अगाडिको सिट उपप्रधानमन्त्री श्रेष्ठ, संघीय मामिला तथा स्थानीय विकास सचिव शीतलबाबु रेग्मी, महानगरका कार्यकारी केदारवहादुर अधिकारी लगायत सुरक्षा निकायका प्रमुख लगायतले रत्पार्क, जमलहुँदै फेरि रत्नपार्कमा आएर बसबाट ओर्लेका थिए । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र महानगरले संयुक्तरुमा रात्री बस संचालन गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठले रात्रीकालीन वस संचालनले नयां सुरुवात भएको बताए । यसले महानगरवासीलाई केही राहात दिने भन्दै उनले सरकार जनुसुकै प्रकारको सहयोग गर्न तयाररहेको बताए । काठमाडौँ महानगरका कार्यकारी अधिकृत केदारवहादुर अधिकारीले रात्री वसमा सम्पूर्ण यात्रुको सुरक्षाको जिम्मा लिने बताए । ३० सिट क्षमताका १४ वटा रात्री वस संचालन गर्न लागिएको उनले बताए ।  ८ वजेदेखि ११ वजेसम्म रत्नपार्क अगाडिबाट बस सञ्चालन गरिने उनले बताए । शुक्रबार चार वटा संचालनमा ल्याएको थियो । एक रत्नपार्क सहीदगेट त्रिपुरेश्वर, कालीमाटी, रविभवन हुदै कलंकीसम्म । एक भृकुटीमण्डप, कृष्णपाउरोटी, ज्ञानेश्वर, मैतीदेवी, पुरानोवानेश्वर गौशला मेडिकेयर अस्तपताल हुदै जोरपाटीसम्म । एक वस सिंहदरवार, बबरमहल, तिनकुने, सिनामंगल, भई पुनः तीनकुने हुंदै कोटेश्वरसम्म संचालन ल्याएको थियो । शनिबारबाट दुईवटा रत्नपार्क कंलकीबाट नयां वसपार्क चावहिल कोटेश्वर सातदोबाटो हुंदै चक्रपथ परिक्रमा गर्ने छन । दुईवटा रत्नपार्क सहीदगेट त्रिपुरेश्वर, कालीमाटी, रविभवन हुदै कलंकीसम्म आवतजावत गर्ने छन । दुईवटा  वस जमल, केशरमहल, लाजिमपाट, महाराजगंग हुदै गंगालाल हृदयकेन्द्र हुदै आवतजावत गर्ने छन ।  दुईवटा वस भृकुटीमण्डप, कृष्णपाउरोटी, ज्ञानेश्वर, मैतीदेवी, पुरानोवानेश्वर गौशला मेडिकेयर अस्तपताल हुदै जोरपाटीसम्म आवतजावत गर्ने छन । अन्य दुईवटा वस सिंहदरवार, बबरमहल, तिनकुने, सिनामंगल, भई पुनः तीनकुने हुंदै कोटेश्वरसम्म आवत जावत गर्ने छन् ।त्यसैगरी दुईटा वसक सिंहदरवार, थापाथली, पुल्चोक, जावालाखेल, पाटन अस्पताल हुंदै सातदोवाटो रुटमा आवतजावत गर्ने छन् । प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिंह रानाले  सुरक्षा लागि प्रत्येक बसमा हतियार सहित दुईजना सुरक्षाकर्मी बस्ने बताए । बसमा सीसी क्यामरा जडान गरिनेसमेत उनले बताए ।  हाललाई सम्पूर्ण सीसी क्यामरा गतिविधि बसमै राखिएको व्याकप सहयोग गरेपनि केही समयपछि त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल प्रहरीले कन्ट्रोल कक्षबाट नियन्त्रण गरिने उनले बताए । 'छ वटा वस स्टेशन कायम गरिएका छन् ति स्टेशनमा सोलारबतीसमेत जडान गरिन्छन' उनले भने ।  प्रहरीलाई संचार सेटसमेत दिएर सुसजित गर्न तयार रहेको उनको भनाई थियो । प्रत्येक वस विसौनीमा यात्रीका सुरक्षाका लागि स्थानी प्रहरीलाई परिचालन गरिने उनले बताए । 'यात्री सुरक्षाका लागि स्थानीय प्रहरीलाई परिचालन गरिने छ' उनले भने । बस स्टाफ र सुरक्षाकर्मी चिनिने पोशाकको समेत व्यवस्थासमेत गरिएको छ ।   त्यसमा  महानगर र यातायात व्यवसायी महासंघको  पहिचान अकिंत लोगो राखिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वाग्मती अंचल संयोजक धर्मराज रिमालले सरकारले सुरक्षा, वत्तीको जिम्मा लिए आफूहरुले निरन्तररुपमा रात्री वस संचालन गर्न तयार रहेको बताए । यात्रुको चांपलाई हेरेर रातभर पनि बस संचालन गर्न सकिने उनले बताए ।  सरकारले बस संचालन लागि  छ महिनाको एक मुष्ठ पैतालिस लाख रुपैयाँ विनियोजन गरेको छ । हाललाई दिवा बस सेवा जति भाडा कायम गरिने छ । तीन महिनापछि भाडा दरमा केही हेरफेर गरिने छ । अपाङग,अशक्त र विद्यार्थीलाई हाललाई कुर्नै छुट नदिने संयोजक रिमालले बताए ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top