Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > National

पूर्व गृहमन्त्री खुम बहादुर खड्का भ्रष्टाचारी ठहर खड्का जेल चलान

Tuesday, 08.14.2012, 10:48pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, श्रावण ३०

काँग्रेस नेता तथा पूर्व गृहमन्त्री खुम बहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ । खड्कालाई भ्रष्टाचारी करार दिँदै डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको विगो र त्यसले बढेबढाएको सम्पति जफत गर्ने फैसला सर्वोच्चले गरेको हो । मंगलबार न्यायाधीशहरू कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलाजले खड्काको मुद्दामा फैसला गरेको हो । खड्का र सरकारी वकिल दुवै पक्षको बहस साउन १६ मा सकिएपछि इजालसले आज फैसलाको मिति तोकेको थियो ।खड्कालाई भ्रष्टाचारी करार गरेपछि उनका समर्थकहरूले सर्वोच्च अदालत अगाडि नाराबाजी समेत गरेका थिए । प्रदर्शनमा सहभागी केहीलाई पक्राउ गरिएको थियो । खड्काका समर्थकहरूले माइती घरमा बा१ज ७६४९ ट्याक्सीमा समेत तोडफोड गर्नुका साथै पुतली सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक-पटक मन्त्री हुँदा खड्काले २ करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले ०६३ कात्तिक २९ मा खड्कलाई सफाइ दिएको थियो । त्यसपछि अख्तियारले ०६३ चैत १५ मा पुनरावेदन दिएको थियो । यसअघि पूर्व मन्त्री चिरञ्जीवि वाग्ले र वहालवाला सूचना तथा सञ्चार मन्त्री जेपी गुप्तालाई पनि सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै जेल पठाइ सकेको छ । 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top