Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > National

जनजातिको पार्टी घोषणा

Thursday, 08.09.2012, 11:38pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, श्रावण २५

राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनजातिहरुले तत्काललाई प्रस्तावित रुपमा 'सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी' (सोसियल डेमोक्रेटिक प्लुरी-नेसनल पार्टी) घोषणा गरेका छन् ।यो पार्टीलाई नेपालको नयाँ शक्तिका रुपमा उदय भएको उद्घोष् गरिएको छ  'यो नयाँ राजनीतिक शक्तिको उदय हो, बहुमत जनतालाई सम्बोधन गर्ने पार्टीका रुपमा प्रस्ताव गरेका छौं,' प्रस्तावित पार्टीका संयोजक डा. चैतन्य सुब्बाले भन्नु भयो, 'प्रस्तावित पार्टी बहुल-राष्ट्रियवाद, सामाजिक लोकतन्त्र र आदिवासीवादको विचार तथा सिद्धान्तबाट निर्देशित हुनेछ ।'आदिवासी जनजाति नेताहरु, सामाजिक संगठनहरु र विकासे कार्यकर्ताहरुबीच गुटबन्दी रहेको सार्वजनिक भएपछि 'जनजाति नेताबीच फुट हुन नदिन' व्यापक कसरत गरिएको थियो ।दवावपछि विभिन्न आठ ठूला जातीय संगठनको पलहमा एमाले उपाध्यक्ष अशोक राई र कांग्रेस नेता इन्द्रबहादुर (आईबी) गुरुङको नेतृत्व रहने गरी आगामी असोजभित्र पार्टी घोषणा गर्ने गरी तत्काल प्रस्तावित पार्टीका रुपमा मात्र घोषणा गरिएको जनाएका छन् ।'हामी आदिवासी जनजातिबीच फुट होइन, एकताको सन्देश दिनकै निम्ति प्रस्तावका रुपमा मात्र यो पार्टी घोषणा गरेका छौं, नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले भन्नु भयो, 'यो जातीय, क्षेत्रीय पार्टी होइन, आम नेपालीको हितमा समाजवादमा आधारित, गणतन्त्र, लोकतन्त्रमा विश्वास राख्नेको वैकल्पिक राजनीतिक शक्ति हो ।' पार्टी निर्माणमा जनजाति महासंघले समन्वयकारी भूमिका निर्वाहमात्र गरेको बताउनु भयो ।'उत्पीडित समुदायको राजनीतिक इतिहास आजबाट सुरु गर्दैछौं,' पूर्व सभासद पासाङ शेर्पाले भन्नु भयो, 'यो वैकल्पिक राजनीतिक शक्ति देशव्यापी पार्नेछौं ।' घोषणापत्रमा नबदलिएको राज्यसत्ताको चरित्र, जातीय अन्तरद्वन्द्व र ध्रुविकरण, मुलुकमा विद्यमान मुद्दाहरुका रुपमा आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, लैङ्गकि, अपाङ्गता, वर्गीय तथा अन्य का प्रमुख मुद्दाहरुबारे प्रस्तुत गरेका छन् । त्यसैगरी विचार र सिद्धान्त, समाधानका उपाय तथा नीतिहरु, बुहल-राष्ट्रवाद, आदिवासीवाद, राष्ट्रियता, सामाजिक लोकतन्त्रका संक्षिप्त व्याख्या गरिएको छ । प्रस्तावित पार्टीको खाका निर्माणका संयोजक डा. सुब्बा तथा डा. कृष्ण भट्टचन, पासाङ शेर्पा, जितपाल किरात, डा. महेन्द्र लाओती, नन्द कन्दङ्वा, शान्ति राई, बमकुमारी बुढा, ज्योति दनुवार, शंकर लिम्बूलगायत ११ सदस्य छन् । त्यसमा थप गरी १ सय १ सदस्य बनाएको समेत पत्रकार सम्मेलनमा घोषणा गरिएको छ


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top