Hot News
हङकङका पूर्व कार्यकारी प्रमुख डोनाल्ड चाङ जेल चलान ; तराईका जिल्लामा मसाल जुलुस प्रदर्शन बामदेव गौतम घर घेराउ ; सर्वपक्षीय सरकार आवश्यक छ :नयाँ शक्ति नेपाल ; कञ्चना सुनुवार स्मृति सभा सम्पन्न ; राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी
Home > News > National

भट्टराईको गतिविधिबाट भारतीय नेता लाज मानिरहेका छन् : ओली

Friday, 08.03.2012, 11:31pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, श्रावण १९

झण्डै एक साता लामो भारत भ्रमण गरेर फर्किनु भएका एमाले नेता केपी ओलीले भारतीय नेताहरुको 'बडि ल्याङ्वेज' हेर्दा प्रधामनन्त्री बाबुराम भट्टराईको गतिविधिबाट उनीहरुले लाज मानिरहेको पाएको बताउनु भएको छ ।झण्डै एक साता लामो भ्रमणमा राष्ट्रपति प्रणव मुखर्जीदेखि उच्च राजनीतिज्ञसँग भेटघाट गरेर शुक्रबार स्वदेश फर्किएका ओलीले कुटनीतिमा सिधा कुरा भन्न नमिल्ने भएकाले उनीहरुले ठाडै केही प्रतिक्रिया नदिएको बताउनु भयो ।'प्रधानमन्त्रीको कदमलाई कुटनीतिक मर्यादाका हिसाबले पनि उहाहरुले केही भन्ने कुरा भएन' नेता ओलीले भन्नु भयो,' मैले बडी ल्यांङ्वेजबाट बुझ्दा भट्टराईको कामबाट उनीहरुले लाज मानेका छन् ।' उहाँले शान्ति, संविधान र लोकतान्त्रिक पद्घतिका लागि विपक्षीहरुले गरिरहेको आन्दोलनलाई भारतीय नेताहरुको समर्थन रहेको बताउनु भएको छ। नेपालको राजनीतिक निकासको सम्बन्धमा नेपालीहरुले निर्णय गर्ने भएकाले त्यसम्बन्धमा आफूले कसैसँग सुझाव नलिने गरेको र भारतीय नेताहरुसँग पनि 'के उपयुक्त होला' भनेर कुराकानी नभएको ओलीले स्पष्ट पार्नु भएको छ ।  


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top