Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
Home > News > National

राजनीतिलाई उद्योगका रुपमा लिने प्रवृत्ति बढ्योः राष्ट्रपति

Sunday, 07.08.2012, 10:44pm (GMT+6.5)    | Comment | Print | Tell friend

२४ असार, काठमाडौं

राष्ट्रपति डा. रामवरण यादवले राजनीतिलाई अहिले उद्योग बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।आफ्नै कार्यालय शितलनिवासमा आइतबार पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले भन्नुभयो-विगतमा समर्पणमा लाग्ने हिसावले मानिस राजनीतिमा लाग्थे तर अहिले राजनीतिलाई उद्योगको रुपमा लिने प्रवृत्ति बढेको छ ।उहाँले संविधान नल्याई संविधान सभा विघटन हुनुमा संविधान सभामा रहेका र त्यसमा पनि प्रमुख चारदलको बढी दोष रहेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय सहमति जुटाउने काम सरकारको भएपनि हुन सक्दा मुलुक संकटमा परेको बताउनु भयो । उहाँले भन्नुभयो-संविधान सभा विघटनपछिको अवस्थामा राष्ट्रिय सहमतिको लागि सरकार बढी जिम्मेवार हुनुपर्ने हो । त्यसो नभइदिँदा मुलुक डेड लकको अवस्थामा पुगेको छ । उहाँले बजेट ल्याइहाल्नु पर्ने अहिलेको अवस्थामा राष्ट्रिय सहमति विना केही पनि गर्न नसकिने तथ्यप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा पुष्पलालले लिएको नीतिलाई व्यवहारमा लागू गर्न जरुरी भएको बताउनुभयो ।यस वर्षको पुष्पलाल राष्ट्रिय पुरस्कारअन्तर्गत राजनीतितर्फ एमालेका पूर्व सांसद गोविन्दराज ज्ञवाली, इतिहासतर्फ स्वर्गीय केदारनाथ प्रधान र साहित्यतर्फ आनन्ददेव भट्टलाई प्रदान गरिएको छ । पुरस्कारको राशि राजनीति विधातर्फ रु दुई लाख र इतिहास तथा साहित्यतर्फ रु ५०-५० हजार रहेको छ । 


रासस

Hot News

 

SEARCH

Newsletter

Top