Hot News
मेयर, उपमेयरको सुविधा कति ? ; महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याए ; काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी ; प्रधानमन्त्रीद्वारा फास्ट ट्र्याक शिलान्यास ; मनिताको हङकङमा उत्साहजनक प्रदर्शन
Home > News > National

संवैधानिक राजतन्त्र राख्ने सम्झौता भएको थियो : पूर्व राजा ज्ञानेन्द्र

Saturday, 07.07.2012, 10:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, असार २३

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलोपटक पुनः राजगद्दी फर्कने चाहना राखेका छन् ।न्यूज २४ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ज्ञानेन्द्रले ६ वर्षअघि दलहरुसँग भएको सम्झौतामा पनि संवैधानिक राजतन्त्र राख्ने सहमति भएको खुलासा गरेका छन् । तर सन् २००८ मा सरकारले राजतन्त्र अन्त्यको घोषणा गरेको थियो ।पूर्वराजाले पुनः राजनीतिमा सक्रिय हुने चाहना नरहेको स्पष्ट पारेका छन् । बीबीसीमा जोननारायण पराजुलीले लेखेका छन्- 'तर उनी सेरेमोनियल राजाकोरुपमा रहन चाहन्छन् ।'संविधानसभाको विघटनपछि दलहरु कमजोर भएको विश्लेषण भइरहेकाबेला पूर्वराजाको अभिव्यक्तिलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । एक महिनाअघिमात्र संविधान लेख्न नसकेर संविधानसभा विघटन भएको थियो ।सरकारले मंसिरमा पुनः संविधानसभाको निर्वाचन गराउने घोषणा गरेको छ । तर अहिले राजनीतिक भ्याकुम कायमै छ ।संविधान लेख्न दलहरु असफल भएकोमा बेरोगजारले आक्रान्त नेपाली निराश छन् ।  पूर्वराजाको ताजा अभिव्यक्तिलाई सर्वसाधारणले कसरी लिने हुन् हेर्न बाँकी नै छ ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top