Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > National

सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको सुझाव

Friday, 07.06.2012, 10:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, असार २२

राष्ट्रपति डा. रामवरण यादवले सरकारले संविधानमा व्यवस्था भए अनुसार नै बजेट ल्याउनुपर्ने बताउनु भएको छ । उहाँले उपप्रधान एंव गृहमन्त्री विजय गच्छदारसंगको भेटमा आफूले संविधान बाहिर गएर काम नगर्ने समेत बताउनु भयो ।पछिल्लो केही दिनयता प्रमुख दलका नेतालाई भेट्दै आएका यादवले शुक्रबार मधेशी मोर्चाका नेता समेत रहेका गच्छदारलाई भेटेका हुन् । शितल निवासमा भएको भेटमा यादवले संविधान बाहिर गएर आफूले कुनै काम नगर्ने र सरकारले पनि त्यही अनुसार गर्नुपर्ने सुझाव बिचार राखेका थिए ।भेटपछि गच्छदारले पूर्ण बजेट वा आशिंक बजेट जे ल्याएपनि राजनीतिक सहमतिमा ल्याउनुपर्ने राष्ट्रपतिको सुझाव रहेको बताए । आर्थिक क्षेत्रमा नकारात्मक असर पर्न नदिन पूर्ण बजेट ल्याउनुपर्ने आफ्नो सुझाव रहेको गच्छदारको भनाई थियो । संकट समाधानका लागि राजनीतिक दलहरु गम्भीर नभएकोमा यादवले चिन्ता व्यक्त गरेका थिए ।सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउने तयारी गरिरहेको र विपक्षी दलले सहमति बिना बजेट ल्याइए अध्यादेश जारी नगर्न दवाब दिइरहेको बेला राष्ट्रपति यादव अप्ठ्यारोमा परेका छन् ।

 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top