Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > National

सरकारले नयाँ सुरक्षा रणनीति तय गर्ने

Friday, 06.01.2012, 11:37pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, जेष्ठ १९

 गृह मन्त्रालयले बहालवाला तथा पूर्व अति विशिष्ठ, विशिष्ठ व्यक्तिहरूको सुरक्षा व्यवस्था पुनर्मूल्यांकन गरी नयाँ रणनीति तय गर्ने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार, मुख्यसचिव, गृह र रक्षासचिव, चारवटै सुरक्षा निकायका प्रमुखलगायतबीच भएको छलफलपछि बसेको केन्द्रीय सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको छ ।प्रधानमन्त्री भट्टराईले संविधानसभाको म्याद सकिन लाग्दा मुलुकभर देखिएको तनावबीच जेठ १४ सम्म शान्ति सुरक्षा कायम राख्न सफल भएकोमा सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गर्दै राजनीतिक अवस्था तरल भएकाले थप उच्च सतर्कता अपनाउन निर्देशन दिनु भएको छ । साथै उहाँले बिहीबार सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्याप्रति चिन्ता व्यक्त गर्दै दोषीको तत्काल पहिचान गरी कारबाही गर्न र न्यायाधीशहरूलाई प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाउन उहाँले निर्देशन दिनु भएको छ ।प्रधानमन्त्रीले बिहान नौ बजे बढ्दो सुरक्षा चुनौतीबारे उपप्रधान तथा गृहमन्त्री गच्छदार, प्रधानसेनापछि छत्रमानसिंह गुरुङ, मुख्यसचिव माधव घिमिरे, गृहसचिव सुशीलजंग राणा, रक्षासचिव माधव रेग्मी, प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह, सशस्त्र महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख मोती गुरुङलगायतसँग छलफल गर्नु भएको थियो । त्यसपछि दिउँसो गृहमन्त्री गच्छदारको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । गृह प्रवक्ता सहसचिव शंकरप्रसाद कोइरालाद्वारा एक विज्ञप्ति जारी गरी न्यायाधीश बमको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको र दुःख प्रकट गर्दै भत्र्सना गरेको छ ।गृहले शान्ति सुरक्षा महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता कोइरालाको संयोजकत्वमा विशिष्ठ व्यक्ति सुरक्षा व्यवस्थापन निर्देशिकालाई परिमार्जन गर्न एक कार्यदलसमेत गठन गरेको छ । 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top