Hot News
ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; महाविर पुनको सहयोगार्थ भारतीय गोर्खा भू.पू.साँझ–२०१७ सम्पन्न ; साहित्य श्रृंखलाको ६ औं वार्षिकोत्षव २५ जुनमा ; अनुप ले गरे आँखामा तिम्रो आँखामा निर्देशन
Home > News > National

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानि हत्या

Thursday, 05.31.2012, 10:48pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, जेष्ठ १८

राजधानीमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भएको छ बिहीबार अपरिचित समूहको गोली प्रहार गरेको छ । गोली प्रहारबाट घाइते न्यायाधीश बमको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो गोली प्रहारबाट घाइते अंगरक्षक महेश गिरीको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।बंगलामुखी मन्दिर दर्शन गरेर फर्केका बम र उनका अंगरक्षकमाथि शंखमुलस्थित युनएन पार्कको घाट छेउमा बिहान ११ बजेर ५ मिनेटमा गोली प्रहार भएको हो ।  रातो पल्सर मोटरसाइकलमा रहेका दुई जनाले न्यायाधीश बमको बा.८.च ९८५३ नम्बरको सेतो कार रोकेर गोली हानेको लगत्तै घटनास्थल पुगेका प्रहरी महानिरीक्षक रविन्द्रप्रताव शाहले जानकारी दिए ।  घटनाबारे जानकारी लिन पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले बमको निधन भएको औपचारिक जानकारी दिएका थिए । बमलाई च्यापु, घाँटी, हात र छातिमा गरी चार वटा लागेको थियो भने अंगरक्षक गिरीको घाँटीमा गोली लागेको छ । बमको महाराजगञ्जस्ति शिक्षण अस्पतालमा बिहीबार नै पोस्टमार्टम गरिएको छ ।न्यायाधीश बममाथि गोली प्रहार भएको घटनालगत्तै प्रधानन्यायाधीश खिलराज रेग्मी नर्भिक अस्पताल पुगेका थिए । प्रहरी महानिरीक्षक शाह भने अस्पताल पुगेलगत्तै घटनास्थलको निरीक्षणमा पुगे ।प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार नर्भिक अस्पतालमै पुगे । प्रधानमन्त्री र गृहमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषिलाई उम्कन नदिने प्रतिबद्धता जनाए । उनीहरुले न्यायकर्मीको सुरक्षामा सरकार गम्भीर रहने बताए ।घटनास्थलमा नेपालवाद पार्टीको पर्चा भेटिएको छ । पहिलो चोटी यो पार्टीको नाम सुनिएको छ । घटनापछि प्रहरीले राजधानीको सुरक्षा कडा बनायो । पल्सर मोटरसाइकलमा चढेकालाई सोधपुछ गरेको थियो भने केहीलाई नियन्त्रणमा लिएको छ

छानबिन समिति गठन

यसैबीच प्रहरी प्रधान कार्यालयले एआईजी कुवेरसिंह रानाको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको छ ।

घटना लगत्तै अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले बमको मृत्यु भएको ३ घण्टापछि रानाको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । प्रधानमन्त्री बाबुराम भट्टराईले न्यायाधीशको सुरक्षामा सरकार गंभिर रहेको बताउनुभएको छ । घटना लगत्तै नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री भट्टराईले घटना अन्त्यन्तै दुखद भएको बताउदै न्यायधीशहरुको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्ने उल्लेख गर्नुभयो ।उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले न्यायाधीश बमको हत्या स्वतन्त्र न्यायपालिका माथिको आक्रमण भएको बताउदै दोषी पत्ता लगाउन सुरक्षा संयन्त्र सक्रिय बनाईएको जानकारी दिनुभयो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top