Hot News
ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित ; २६ जिल्लामा जनजीवन अस्तब्यस्त
Home > News > National

निर्वाचन घोषणाविरुद्ध १० दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

Wednesday, 05.30.2012, 10:48pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, जेष्ठ १७

निर्धारित समयमा संविधान जारी नगरी प्रधानमन्त्रीबाट असंवैधानिकरूपले संविधानसभा विघटन गरी पुनः निर्वाचन घोषणाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १० दिनभित्र लिखित जवाफ दिन आदेश दिएको बुधबार न्यायाधीश ताहिर अली अन्सारीको इजलासले निर्वाचनको मिति तोक्नुको कारण १० दिनभित्र लिखितरुपमै पठाउन आदेश दिएको हो उक्त विषय गम्भीर रहेको भन्दै सर्वोच्चले रिटमाथिको अन्तिम सुनुवाई विशेष इजलासबाट गर्नेसमेत निर्णय सुनाएको निर्धारित समयमा संविधान जारी नगरी प्रधानमन्त्रीबाट असंवैधानिकरूपले संविधानसभा विघटन गरिएको भन्दै अधिवक्ता सन्तोष बस्नेतले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।सो रिटको अन्तिम टुङ्गो नलागेसम्म गत आइतबारको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गर्न पनि रिटमा माग गरिएको  अन्तरिम संविधानको धारा ६३ मा पटकपटक वा दोस्रो पटक संविधानसभाको निर्वाचन गर्ने भनी व्यवस्था नगरिएको सोही धाराको उपधारा मा सम्बत् २०६३ मङ्सिर मसान्त सम्ममा १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई संविधानसभाको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था रहेकोमा आगामी मङ्सिर गते पुनः संविधानसभाको निर्वाचन गराउँदा लाखौँ नागरिक मतदानबाट वञ्चित हुने रिटमा उल्लेख


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top