Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > National

संविधान जारी गर्ने समय नजिकिँदै गर्दा राजधानीको सुरक्षा व्यवस्था कडा

Saturday, 05.26.2012, 10:36pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, जेठ १३

संविधान जारी गर्ने समय अब केही घण्टामात्रै बाँकी रहँदा राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ। विभिन्न जातीय राज्य कायम हुनुपर्ने माग गर्दै आन्दोलनरत् पक्ष र विपक्षमा रहेका समूहबीच हुनसक्ने झडप तथा आन्दोलनरत् पक्षबाट हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रणका लागि राजधानीमा मात्रै करिब १० हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।प्रहरी प्रवक्ता धिरजप्रताप सिंहले राजधानीको सुरक्षा व्यवस्थामा कुनै किसिमको खलल नपुगोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र सम्वेदनशील क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए।उनका अनुसार संविधानसभा भवन नयाँबानेश्वरमा भइरहेका र्‍याली, घेराउ, विरोधसभाजस्ता कार्यक्रमलाई दृष्टिगत गर्दै प्रहरी नायब उपरीक्षक बसन्त पन्त र शान्ति बस्नेतको नेतृत्वमा ६४० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।राजधानीमा केही समयअघिदेखि बढाइएको सुरक्षाकर्मीको सङ्ख्यामा आजबाट वृद्धि गरी नेपाल प्रहरीका तीन हजार ४००, सशस्त्र प्रहरीका एक हजार ४०० र सादा पोसाकका २०० जनाभन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता सिंहले बताए।प्रहरीले राष्ट्रपति भवन शीतलनिवास, उपराष्ट्रपति भवन कान्तिपथ, प्रधानमन्त्रीनिवास बालुवाटार, राजनीतिक दलका शीर्ष नेताहरुको आवासलगायत उच्च पदाधिकारीहरुको निवासवरपर पनि २० सै घण्टा तालिम प्राप्त कुकुरसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।संविधान जारी गर्ने समय नजिकिँदै गर्दा विभिन्न जातीय मुद्दासम्बन्धी माग राख्दै राजधानीमा विगत दुई सातादेखि प्रदर्शन, र्‍याली, विरोधसभाजस्ता गतिविधि बढ्दै गएपछि प्रहरीले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्दै आइरहेको छ।प्रहरीले राजधानीका विभिन्न ठाउँमा बम डिस्पोजल टोली, पानीको फोहरा फ्याँक्ने ट्याङ्कर, ठूलाठूला प्रहरी भ्यानहरु पनि तैनाथ गरिएको जनाएको छ।


रासस

Hot News

 

SEARCH

Newsletter

Top