Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > National

संबिधानसभाको म्याद तीन महिना थप

Tuesday, 05.22.2012, 10:27pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाण्डौ ,९ जेठ

प्रमुख तीन दल र मधेसी मोर्चावीच भएको सहमतिअनुसार सरकारले संबिधानसभाको म्याद बढिमा तीन थप्ने गरि संबिधान संसोधन बिधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।सिंहदरवारमा वसेको चार दलको वैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले म्याद थपको प्रस्ताव गर्नुभएको थियो । वैठकपछि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अर्को कुनै बिकल्प नभएकाले म्याद थप्न सहमति जनाएको बताउनुभयो । प्रधानमन्त्रीले जेठ १४ मा संबिधान नबन्ने भन्दै आजै प्रकृया अगाडी नबढाए संबिधानसभा नै नरहने भएकाले म्याद थप्न प्रस्ताव गर्नुभयोप्रकृया अगाडी बढाउने सहमति भएको छ ।त्यसलगत्तै बसेको मन्त्रिपरिषद् वैठकले वैठकले तीन महिना समय थप्ने गरि अन्तरिम संबिधान संसोधनका लागि संसद सचिवालयमा बिधेयक दर्ता गर्ने निर्णय गरेको उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।जेठ १४ भित्रै सहमति हुने तर प्रकृया पुरा गरि संबिधान लेख्न समय नपुग्ने अबस्था नरहोस भनेर म्याद थप्ने प्रस्ताव गरेका हौं-श्रेष्ठले भन्नुभयो- जेठ १४ भित्रै संबिधान जारी गर्न अधिकत पलह गर्छौं ।श्रेष्ठले सहमतिबाटै संबिधान जारी गर्न दलहरुवीच अधिकतम पहल हुने वताउनुभयो ।मन्त्रिपरिषदको निर्णय लगत्तै उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संसद सचिवालय पुगेर अन्तरिम संबिधानको १३ औं संसोधन बिधेयक दर्ता गर्नुभएको छ । म्याद थपको बिधेयक कम्तीमा ५ दिन पहिले सचिवालयमा दर्ता गर्नुपर्ने नियम रहेकाले दलहरुवीच आजै हतार हतार सहमति भएको हो ।यता काँग्रेस सभापति कोइरालाले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी त्यसको विरोध गरेका छन् । कोइरालाले जेठ १४ भित्रै सहमति गरेर संविधान बनाउनु पर्ने भन्दै कुनैपनि हालतमा संविधानसभाको म्याद थप्न नसकिने बताउनु भयो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top