Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > National

आदिवासी जनजातिको बन्दले मुलुकभरको जनजीवन प्रभावित सरकारसँग भोलि बिहान वार्ता हुने

Sunday, 05.20.2012, 11:47pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, जेष्ठ ७

नामांकन र सिमांकन विनाको ११ प्रदेश नमान्ने भन्ने भए पछि आदिवासी जनजातिले गरेको बन्दका कारण उपत्यका लगायत मुलुकभरको जनजीवन आइतवार प्रभावित भएको छ ।नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आह्वानमा आइतवार विहानैदेखि प्रदर्शनकारीले सडकमा निस्किएर सवारी रोकेका  थिए । यातायात, शैक्षिक संस्था, कलकारखानाहरु ठप्प छन् । संविधानसभाको राज्य पुनर्संरचना समिति तथा राज्य पुनर्संरचना उच्चस्तरिय सुझाव आयोगको प्रतिवेदन बमोजिम राज्यको पुनर्संरचना हुनुपर्ने, जातीय पहिचानको आधारमा प्रदेशहरुको नामाकरण हुनुपर्नेलगायतका माग रहेको छ ।प्राय बन्दका बेलामा देखिने मोटरसाइकलसमेत चल्न सकेनन् । नेपाल जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीका अनुसार बबरमहल, चावहीललगायतका स्थानमा बन्दकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दर्जनौं घाईते भएका छन् । त्यसगरी नवलपरासीको बासामा पनि झडप भएको छ । त्यहाँ पनि केही आन्दोलनकर्ता घाइते भएको बताइएको छ । बन्द कर्ताहरुले प्रेसका सवारी साधनहरुमा समेत तोडफोड गरेका थिए । प्रेस माथि भएको आक्रमणको बारे चारै तर्फबट भत्सना गरिएको छ । महासंघका अध्यक्ष राजकुमार लेखीले प्रेस विज्ञप्ती जारी गर्दै सरकारी संरक्षणप्राप्त भिजिलान्तेहरुको घुसपैठले प्रेसमाथि आक्रमण भएको उल्लेख गरेको छ। उनले प्रेसमाथि भएको आक्रमणमा दुःखसमेत ब्याक्त गरेका छन्।'जनताको यो आवाज र भावना अझै पनि संविधान सभाका निर्णायक दलका निर्णायक नेता समूहको कानमा पुग्दैन भने उनीहरुलाई समयको प्रचण्ड प्रवाहले बगाएर लैजाने निश्चित ' विज्ञप्तीमा भनिएको छ । पहिचानसहितको संघीयताका पक्षमा तीन दिने नेपाल बन्द आह्‍वान गरेको आदिवासी जनजाति संयुक्त संघर्ष समितिले सरकारसँग सोमबार बिहान ८ वजे वार्ता गर्ने भएको छ। सरकारका तर्फबाट आइतबार साढे ६ बजे डाकेको वार्ताको समय भोलि बिहानसम्मका लागि सारिएको हो।समितिको बैठकले भोलि बिहान वार्तामा बस्ने निर्णय गरेको संघर्ष समिति सचिवालयका संयोजक परशुराम तामाङले नागरिकन्युजकर्मीलाइ बताए। सरकारका तर्फबाट उपप्रधान तथा रक्षा मन्त्री कृष्ण सिटौलाले साँझ साढे ६ बजे वार्ताका लागि जनजातिलाई बोलाएका हुन्।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top