Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > National

माओवादीको दश संघीय प्रदेश प्रस्ताव

Thursday, 04.26.2012, 06:53pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, वैशाख १४

भावी नेपालका लागि माओवादीले दश संघीय प्रदेश प्रस्ताव अघि सारेको छ । जातीय र भौगोलिक आधारमा गरिएको माओवादी प्रस्तावको कांग्रेस र एमालेले भने बिरोध गरेका छन् । उनीहरुले माओवादी हात्तीवन सहमतिभन्दा पछि सरेको दावी समेत गरेका छन् । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बिहीबार बसेको मधेसी मोर्चासहित माओवादी, काँग्रेस र एमालेको बैठकमा उक्त प्रस्ताव अघि सरिएको हो । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार माओवादी प्रस्तावमा लिम्बुवानमेची, किरातकोशी, ताम्सालिङइन्द्रवती, नेवावाग्मती, तमुवानगण्डकी, मगरातधौलागिरी, कर्णाली, सेतीमहाकाली, थारुवानलुम्बिनी र मधेसविराट नाम दिइएको छ । साथै चितवनलाई कुनैपनि प्रदेशमा नपारी केन्द्र शासित क्षेत्रको रुपमा राखिएको छ 'यो दुर्भाग्य भयो, विगतको सहमति भन्दा पछि हट्ने काम भयो' बैठकसकिनु अगावै बाहिर निस्केका काँग्रेस नेता रामचन्द्र पौडेलले संवाददाताहरुसंग भने, 'यसरी बढी नै बनाउने भए २४२५ वटा नै बनाए भइहाल्यो नी, त्यसमा झनै विकेन्द्रकरण हुन्छ ।' उनले पहिचानको आधारमा प्रदेशको प्रस्ताव आएको तर, सामार्थ्यलाई वेवास्ता गरिएको आरोप पनि लगाए । 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top