Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > National

सेना जिम्मा लगाउनु आत्मसमर्पणको पराकाष्ठा

Tuesday, 04.10.2012, 11:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, चैत्र २८

माओवादी लडाकुहरुलाई नेपाली सेनाको जिम्मा लगाएको विरोध गर्दै माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले विज्ञप्ति जारी गरी बिरोध कार्यक्रमको घोषणा गरेको छ ।छ शीर्ष नेताहसित बसेको बिशेष समितिको बैठकले मंगलबार देखि नै माओवादीको लडाकु, लडाकु बस्दै आएको शिविर र कन्टेनरमा राखिएको हतियार नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरेको हो ।माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले सेना समायोजन विशेष सिमितको निर्णयलाई आत्म समर्पणको पराकाष्ठा भनेको छ । कुपण्डोलस्थित सम्पर्क कार्यालयमा मंगलबार बिशेष समितिले गरेको निर्पणयका बारेमा छलफल गर्न बसेको बैद्य पक्षको बैठक पछिको विज्ञप्तिमा यस्तो बताइएको हो ।

विज्ञप्तिमा उल्लेख गरिएको छ:

काठमाडौं-

हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुरम भट्टराई समेतको चार दलका शीर्ष नेताको उपस्थितिमा आज बसेको सेना समायोजन विशेष समितिका आकस्मिक बैठकले जनमुक्ति, सेना र शिविरमा रहेका कन्टनेर हतियार आजैदेखि नेपाली सेनालाई जिम्मा लगाउने जुन निर्णइ गर्यो, त्यो आत्म समर्पणवादको पराकाष्ठा र नेपाली क्रान्ति प्रति  गम्भीर बिश्वास घात हो । यसको हामी घोर भर्त्सना गर्दछौं । यसका साथै सम्पूर्ण देशभक्त गणतन्त्रवादी र स्वाभिमानी र अग्रगामी परिवर्तन चाहने सम्पूर्ण जनतालाई बिरोधमा उत्रन आह्वान गर्दछौ ।

उपाध्यक्ष मोहन बैद्य

महासचिब रामबहादर थापा हस्ताक्षर

 ११ देखि १२ बजे चक्काजाम

 भोलि बेलुका मसाल जुलुस, प्रचण्ड र बाबुरामको पुत्ला जलाउने निर्णय बाँकी कार्यक्रम भोलि ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top