Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > National

नेपाली सेनाको टोलीहरु शिविरहरुमा प्रवेश

Tuesday, 04.10.2012, 11:19pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, चैत्र २८

शीर्ष नेताहसित बसेको बिशेष समितिको बैठकले आज (मंगलबार) देखि नै माओवादीको लडाकु, लडाकु बस्दै आएको शिविर र कन्टेनरमा राखिएको हतियार नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरे पछि माओवादी लडाकुको शिविरहरुमा नेपाली सेनाको टोलीहरु आजबाट प्रवेश गर्न सुरु गरेका छन्। प्रधानमन्त्री डा. बावुराम भट्टराईले प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई आफ्नै कार्यालयमा बोलाई माओवादी लडाकुका‌ शिविरहरुमा मंगलबार नै सेना परिचालन गर्नका लागि निर्देशन दिनु भएको थियो । शीर्ष नेताहरुसहितको बिशेष समितिको बैठकले लडाकु, हतियार र शिविर लडाकुको जिम्मा लगाउने निर्णय गरेपछि सेनापति गुरुङसंग बैठक गरी निर्णय कार्यन्वयनको लागि निर्देशन दिनु भएको हो ।प्रधानमन्त्रीले नेपाली सेना र माओवादी सेनाका लडाकुहरु दुवै नेपाल सरकारका सुरक्षा शक्ति रहेको उल्लेख गर्दै उक्त तथ्यलाई मनन गरेर काम गर्न प्रधानसेनापतिलाई निर्देशन दिएको प्रधानमन्त्री निजी सचिव विश्वदीप पाण्डेले जानकारी दिनु भयो ।मंगलबार बैठकले चार बुँदे निर्णय गर्दै तत्काल नेपाली सेनालाई शिविरमा परिचालनको ब्यबस्था मिलाउने जिम्मा सरकारलाई दिइएको छ।

विशेष समितिको २०६८।१२।२८ को बैठक (८९ नं.) को निर्णयः

१. माओवादी सेनाका लडाकुहरू, हतियार एवम् कन्टेनरहरू, शिविर र शिविरमा रहेका भौतिक सामग्रीहरू आजैका मितिदेखि नेपाल सरकारले नेपाली सेना मातहत ल्याउने ।

२. शिविरहरूको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने ।

३. समायोजनका लागि निर्धारण गरिएका केन्द्रहरूमा समायोजन कार्य प्रारम्भ गर्नु अघि विशेष समितिको पूर्व निर्णय अनुरुप स्वैच्छिक अवकासको प्रक्रिया जारी रहने र समायोजन केन्द्रबाट विविध कारणले फर्किने लडाकूहरूलाई स्वैच्छिक अवकास वा पुनर्स्थापनको विकल्प रोज्ने अवसर कायमै राख्ने ।

४. नेपाल सरकारले विशेष समिति अन्तर्गतको सचिवालयका संयोजकको परामर्शमा माओवादी सेनाका लडाकुहरूले पालना गर्नुपर्ने आवश्यक आचारसंहिता जारी गर्ने ।

 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top