Hot News
ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; महाविर पुनको सहयोगार्थ भारतीय गोर्खा भू.पू.साँझ–२०१७ सम्पन्न ; साहित्य श्रृंखलाको ६ औं वार्षिकोत्षव २५ जुनमा ; अनुप ले गरे आँखामा तिम्रो आँखामा निर्देशन
Home > News > National

अध्यक्षको आग्रहमा तत्काललाई लडाकु पुनर्वर्गीकरण रोकियो

Tuesday, 04.10.2012, 05:38pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, चैत्र २८

माओवादी लडाकुको विभिन्न शिविरमा झडपको अवस्था आएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काललाई पुनर्वर्गीकरणको काम रोक्न विशेष समिति सचिवालयलाई निर्देशन दिनु भएको छ । सचिवालय स्रोतले प्रधानमन्त्रीको निर्देशनमा पुर्नवर्गिकरणको काम रोकिएको बताए । राजनीतिक उच्च स्रोतका अनुसार शिविरहरुमा झडपको स्थिति आएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काललाई काम रोक्न गरेको आग्रह अनुसार प्रधानमन्त्री भट्टराईलेले त्यस्तो निर्देशन दिएको बुझिएको छ ।दाहालले 'तत्काल काम रोक्नुस । तीन दलको बैठकमा नेताहरुसंग म कुरा गर्छु । उहाँहरुलाई परिस्थिति बारे म आश्वस्त पार्छु ,' भनेको स्रोतले जनाएको छ ।स्रोतका अनुसार शान्ति मन्त्रालयमा जारी तीन दलको बैठकमा दाहालले शिविरमा सेनाको उपस्थिति वा सेनाको नियन्त्रणमा ल्याएर लडाकुको पुर्नवर्गिकरण गर्न भनेका छन् ।विशेष समितिबाट निर्णय गराएर सेनालाई शिविरमा पठाउने दाहालको प्रस्ताव छ ।सेनाले शिविरबाटै समायोजन हुन योग्य लडाकुको छनौट गरी तालिमका लागि पठाउने तथा अयोग्यलाई अवकास दिने प्रक्रियाका लागि अध्यक्ष दाहालले प्रस्ताव गरेको दोस्रो डिभिजनका कमाण्डर सुकबहादुर रोक्काले बताए ।अहिलेको प्रक्रिया अनुसार शिविरबाट समायोजन रोज्नेहरु सेनाको आउने र त्यसपछि सेनाले त्यहाँबाट योग्यको छनौट गर्नेछन् । यो प्रक्रिया भन्दा शिविरबाटै सेनाले योग्यको छनौट गरी तालिमका लागि पठाउने दाहालले प्रस्ताव गरेका हुन् । शिविरमा सेनाको उपस्थिति भएपछि झडको स्थितिपनि नियन्त्रणमा आउने आशा गरिएको छ ।समायोजन रोज्नेको संख्या ९ हजार ७ सय ५ रहेको र सातबुँदे सहमतिअनुसार बढीमा ६ हजार ५ सय लडाकु समायोजन हुने भएकाले बढी भएकालाई स्वैच्छिक अवकास रोज्न पुनः अवसर दिइएको छ । त्यही अनुसार अवकाशमा पठाउने प्रक्रिया थालिएको हो ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top