Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > National

नेपालमा अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद्

Monday, 04.09.2012, 11:25pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, चैत्र २७

प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सोमबार दुई नयाँ मन्त्रीलाई सपथ खुवाउनु भएको छ।राष्ट्रपति रामवरण यादवको उपस्थितिमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का राजकिशोर यादव र मो. अकवाल अहमद शाहलाई सपथ खुवाउनु भएको हो।  यादव सूचना तथा सञ्चार र अहमद कृषि मन्त्री भएका छन् ।फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका सञ्चार मन्त्री जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल परेका छन् भने कृषि मन्त्री नन्दनकुमार दत्तलाई संसदीय दलका बहुमत सदस्यको सिफारिसमा प्रधानमन्त्रीले बर्खास्त गर्नु भएको थियो । माओवादी-मधेसवादी गठबन्धनमा फोरम गणतान्त्रिकले सञ्चार, कृषि र बिना विभागीय मन्त्रालय पाएको छ । बिना विभागीय मन्त्री राजलाल यादव पनि जिम्मेवारी नपाएको भन्दै असन्तुष्ट छन् ।प्रधानमन्त्री भट्टराईले छैटौं पटक सरकारको पुर्नगठन गर्नु भएको हो । यसअघि भदौ १२, १८, २९ असोज १ र कात्तिक २२ गते प्रधानमन्त्रीले मन्त्रिमण्डले पुर्नगठन गर्नु भएको थियो ।यसैबीच पुर्नगठित मन्त्रिमण्डल पुनः ४९ सदस्यीय भएको छ । ४८ सदस्यीय शेरबहादुर देउवा सरकारलाई उछिन्दै यो अहिलेसम्मकै 'जम्बो' मन्त्रिपरिषद् हो


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top