Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > National

माओवादीको विवाद साम्य

Sunday, 01.02.2011, 08:29pm (GMT+6.5)    | Comment | Print | Tell friend


१९ पुस, काठमाडौं
नेकपा माओवादीको कार्यालय पेरिश डाँडा कोटेश्वमा आइतबार स्थिायी समितिको बैठक बस्यो । बैठकमा बाबुराम भट्टर्राईले पेश गर्नु भएको फरक मतलाई छलफलका लागि तल्लो कमिटिसम्म लैजाने सहमतिमा बिवाद साम्य भएको छ । पार्टीभित्र नेताहरुको कार्य विभाजनका विषयमा भने केही कुरा मिल्न बाँकी रहेको कुरा पार्टीका एक नेताले बताएका छन्, ती विषयहरु सोमबार विहान स्थायी समितिमा छलफल गरेर दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा तीनै जना नेता एकताबद्घ भई प्रस्तुत हुने तयारी गरिएको छ । सोमबार बिहान ८ बजे बोलाइएको केन्द्रीय समितिको बैठक दिउँसो १ बजे सारिएको छ । यसअघि केन्द्रीय समितिले उपाध्यक्ष मोहन बैद्यको र्समर्थनमा अध्यक्ष पुष्पकमल दहालको राजनैतिक प्रतिवेदन पारित गरेपनि उपाध्यक्ष बाबुराम भट्टर्राईले अर्समर्थन जनाउदै नोट अफ डिसेन्ट लेख्नु भएको थियो । अध्यक्षको प्रतिवेदनमा बिद्रोहको तयारीलाई जोड दिइएको छ भने उपाध्यक्ष भट्टराईले भने तत्कालका लागि शान्ति र संविधानलाई नै केन्द्रमा राखेर अघि बढ्नु पर्ने बताउनु भएको छ । स्थायी समिति सदस्य टोपबहादुर रायमाझिले तीन नेताबीच सैद्घान्तिक विषयमा बहसका लागि विधि र प्रकृया बनाएर अघि बढ्ने सहमति भएको बताउनु भयो । उहाँका अनुसार अध्यक्षको प्रतिवेदनका बारेमा अब प्रक्रियगत ढंगबाट तल्लो कमिटिसम्म बहस हुने छ साथै कार्य विभाजनका बारे पनि लगभग सहमति भएको छ । अध्यक्ष निकट नेतालाई बढि जम्मेवारी दिन लागेको भन्दै भट्टराई पक्षले आपत्ति जनाएपछि कार्यविभाजन हुन सकेको थिएन । प्रवक्ता दीननाथ शर्माले कार्यविभाजनको टुङ्गो लागेको बताउदै सोमबार बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि सबै कुराहरु सार्वजानिक गर्ने कुरा बताउनु भयो ।

आगामी कार्ययोजना र कार्यविभाजन विषयमा बिवाद भईरहेको बेला पार्टी अनुशासन विपरीत अभिव्यक्ति दिएको भन्दै अध्यक्ष निकट केही नेताहरुले उपाध्यक्ष भट्टराईलाई कारवाहिको कुरा चलाएपछि यसअघि स्थायी समितिको बैठक स्थगित गरिएको थियो । 


 



bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top