Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > National

प्रधानमन्त्रीको राजिनामाको कारण मिडियाको शक्ति दुरुपयोग

Saturday, 01.01.2011, 11:36pm (GMT+6.5)    | Comment | Print | Tell friend

१७ पुस, काठमाडौँ
सञ्चारमन्त्री शंकर पोखरेलले माधव नेपाललाई प्रधानमन्त्री पदबाट राजिनामा दिन मिडियाले शक्ति दुरुपयोग गरेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित दाङ जर्नालिस्ट एसोसिएसन (डिकाज) को भेलालाई संवोधन गर्दै सञ्चारमन्त्री शंकर पोखरेलले नेपाल पत्रकारिता विवेक र न्यायभन्दा सनशनीको पछाडि दौडिने गरेको गुनासो समेत गरेका थियो । सरकारसँग बहुमत हुँदाहुँदै माओवादीको मागको आधारमा मिडियाले पदलोलुपको रूपमा चित्रित गरेपछि नयाँ सरकार बन्ने संभावना नदेखिए पनि मिडियाको दवाबमा राजिनामा दिनुपरेको उनले बताए । साथै उनले माओवादीले गरेको असंवैधानिक कामको वास्तविक चित्रण मिडियाले गर्न नचाहेको बरु उल्टै सरकारतर्फ औंला उठाएर देशलाई अप्ठ्यारोमा पारेको उनको भनाइ थियो । पछिल्ला दिनमा आफ्नो पार्टी एमालेले पनि मिडिया कै दवाबमा निर्णय फेर्दै हिँड्दा पनि सुख नपाएको तर माओवादीले कानुन हातमा लिँदा समेत मिडियाले कानुन उल्लंघन गरे भनेर लेख्न नसकेको उनको भनाई थियो ।
कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्यले केही पार्टी र तीनका केही नेताहरू नेपालमा द्वन्द्व उद्योग चलाउन लागि परेको आरोप लगाए । दाङबाट काठमाडौ आएर पत्रकारिता गर्ने प्रत्रकारको सो भेलाले अनिल न्यौपानेको संयोजकत्वमा नयाँ तदर्थ समिति गठन गरेको छ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top