Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > National

त्रिविविका नेपाली विभाग प्रमुख प्रा. राजेन्द्र सुवेदीलाई आफ्नो पदको पदको दूरुपयोग गरेको आरोप

Saturday, 09.18.2010, 12:04pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ : त्रिभुवन विश्वविद्यालयको मानविकी संकायतर्फ केन्द्रिय नेपाली विभाग प्रमुख प्रा. राजेन्द्र सुवेदीले आफ्नो पदको दूरुपयोग गर्दै अनुचित कार्य गरेको आरोप लगाउादै उनीविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरुमा उनलाई अख्तियार दूरुपयोग ऐन २०४८को दफा ३ अनुसार कारवाही गर्न समेत माग गरिएको छ ।

उजुरी अनुसार हाल निर्माणाधीन अवस्थामा रहेको नेपाली बिषयको स्नातकोत्तर तह पाठ्यक्रममा पाठ्यक्रमले अन्तिम स्वरुप लिन बाँकी रहेको अवस्थामा सुवेदीले आफ्नो पदको दूरुपयोग गर्दै २०६६ साल चैत १६ गतेको मितिमा एक पत्र लेखी हङकङबासी रामकृष्ण बान्तवालाई उनको उपन्यास 'सघन तुवाँलो’ स्नातकोत्तर तहको दोस्रो बर्षको नवौं पत्रमा रहेको डायास्पोरिक अध्ययनका लागि पाठ्य सामग्रीका रुपमा समावेश भएको जानकारी गराएका थिए ।

त्रिविको पाठ्यक्रम छनौट प्रक्रिया अनुसार कार्यकारीका रुपमा रहेको विषय समितिको स्थायी समितिले निर्धारण गरेको पाठयक्रम विषय समितिमा लैजानुपर्ने तथा विषय समितिले पास गरेको पाठ्यक्रम फ्याकल्टी बोर्ड हुदै प्राज्ञिक परिषदमा पुग्ने र प्राज्ञिक परिषदले निर्णय गरेपछि मात्रै पाठ्यक्रममा लागू हुने प्रावधानविपरित कुनै वैधानिक निर्णय बिनानै प्रा. सुवेदीले सघन तुवाँलो नामको उपन्यासका लेखकलाई पत्र पठाएर उनको पुस्तक पाठ्यसामग्रीको रुपमा समावेश गरिएको घोषणा गरेपछि उनीविरुद्ध सार्वजनिक पदको दूरुपयोग गर्दै अनुचित कार्य गरेको भनी उनीविरुद्ध अख्तियारमा गत मंगलबार उजुरी पत्र दर्ता गरिएको हो ।

उनको पत्रको आधारमा उपन्यासका लेखक हषिर्त हुदै हङकङमा सार्वजनिक रुपमा बधाई तथा सम्मान ग्रहण गरेको तथा त्यसैको आधारमा सघन तुवाँलोलाई पाठ्यसामग्रीका रुपमा सार्वजनिक घोषणा गर्दै साथी प्रकाशन प्रालिले पुस्तकको तेस्रो संस्करण बजारमा ल्याएपछि पुस्तकका प्रकाशकलाई पनि लाखौं विद्यार्थीलाई भ्रम र अन्यौल फैलाउने काम गरेकोले हदैसम्मको कारवाही गर्न उजुरी पत्रमा माग गरिएको छ ।

गत बर्षको असार महिनामै पुस्तकका लेखक रामकृष्ण बान्तवाले विभिन्न अखबारहरुमा आफ्नो पुस्तक त्रिविको पाठ्यक्रममा समावेश भएको भनी अखबारहरुमा पटकपटक सार्वजनिक रुपमा बधाई ग्रहण गरेकोले उनले त्रिविको प्राज्ञिक मर्यादालाई असर पारेको भन्दै उनलाई झिकाई आवश्यक स्पष्टिकरण लिन पनि माग गरिएको छ । यसैगरी सोही समयमा महेन्द्रमोरङ क्याम्पस, विराटनगरमा अर्थशास्त्र अध्यापन गर्दै आएका उपप्राध्यापक देवी पन्थीले अखबारमा सो पुस्तक आफ्नो प्रयत्नमा त्रिविले पाठ्यक्रममा समावेश गरेको भनी अन्तर्वार्ता सार्वजनिक गरेकोले मतियारका रुपमा देवी पन्थीले काम गरेको र उनले प्रा. सुवेदीलाई प्रभावित बनाएको भन्दै उनीविरुद्ध पनि हदैसम्मको कारवाही गर्न उजुरी पत्रमा माग गरिएको छ ।

दर्ता नम्बर २९८१ रहेको उजुरी पत्रको पूर्ण पाठ यस्तो छ :

 

श्रीमान सचिवज्यू,                                                                                                                         मिति २०६७ भदौ २८
अख्तियार दूरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं ।


बिषय : अनुचित कार्यमा संलग्नलाई हुदैसम्मको कारवाही गरी पाऊा ।


महोदय,
उपरोक्त बिषयमा एक जना राष्ट्रसेवकजस्तो सार्वजनिक पद ब्यक्तिले एक पुस्तकका लेखकसाग आर्थिक लेनादेना गरी निजी लाभ देखिएकोले निजलाई हदैसम्मको कारवाही गरी पाऊा भनि यो उजुरी

निवेदन आयोगसमक्ष पेश गरेको छु ।

वास्तविक सूचना यस्तो छ :
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत अहिले केन्द्रिय नेपाली विभागले स्नातकोत्तर तहको नयाँ पाठ्यक्रमका लागि पाठ्यक्रम निर्धारणको प्रक्रिया जारी रहेको छ ।
यसै क्रममा पहिलो बर्षको पाठ्यक्रम समेत सार्वजनिक नहुदै एउटा पुस्तक दोस्रो बर्षको ऐच्छिक बिषय अन्तर्गत पाठ्यक्रममा  परेको भनी बजारमा आएको छ । हङकङमा बस्दै आएका रामकृष्ण बान्तावाले लेखेको 'सघन तुवाँलो’ नामको उक्त उपन्यास काठमाडौं, बागबजारस्थित साथी प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो । पुस्तकको माथिल्लो भागमा लेखिएको छ, 'त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह नेपाली बिषय अन्तर्गत ऐच्छिक पाठ्यक्रममा समावेश भएको ।’ तर त्रिभुवन विश्वविद्यालयले उक्त पुस्तकलाई नयाँ पाठ्यक्रममा समावेश गरेको छैन । किनकि नयाँ पाठ्यक्रमको घोषणा नै भएको छैन । त्यसैले त्यो पुस्तकको प्रकाशक र पुस्तक पाठ्यक्रममा समावेश भएको भनी पत्र लेख्ने अधिकारीले अख्तियारको दूरुपयोग गर्दै अनुचित लाभका लागि कानुनविपरित पुस्तक बजारमा ल्याएको तथ्य फेला परेको छ ।

यसरी हुदै नभएको निर्णय भएको छ भनी पुस्तक पाठ्यक्रममै परेको घोषणासहित पुस्तक बजारमा आउनुमा त्रिवि केन्दि्रय नेपाली विभागमा प्रमुख प्राध्यापक राजेन्द्र सुवेदीको संलग्नता छ । उनले २०६६ साल चैत २० गते पुस्तकका लेखक रामकृष्ण बान्तवाको नाममा दुई वटा पत्र लेखी उपन्यास सघन तुावालो त्रिविको मानविकी तथा समाजिक शास्त्र संकायअन्तरगत केन्द्रिय नेपाली विभाग स्नातकोत्तर तहमा अध्ययनरत छात्रा छात्राहरुको नेपाली विषय ऐच्छिक नवौं पत्रको डायास्पोरिक शीर्षकमा पाठ्यसामग्रीमा परेको भनी जानकारी दिएका छन् ।

यसरी पाठ्यक्रमको छनौट प्रक्रिया नै पुरा नभई पुस्तकका लेखकलाई पुस्तक पाठ्यक्रममा परेको भनी प्राध्यापक राजेन्द्र सुवेदीले पदीय मर्यादाको दूरुपयोग गर्दै आर्थिक लाभका लागि अनुचित कार्य गरेको तथ्य प्रमाणबाट पुष्टि हुन्छ ।

त्रिभुवन विश्वविद्यालयको नियम र प्रचलन अनुसार नयाँ पाठ्यक्रम निर्धारणका लागि विषय समितिको पनि स्थायी समिति-कार्यकारी)ले पाठ्यक्रमका लागि पुस्तक छनौट  गर्ने कानुनी प्रक्रिया छ । त्यसलाई बिषय समितिले पास गर्छ । यसैगरी फ्याकल्टी बोर्ड हुदै विद्या परिषदले पास गरेपछि मात्र त्यो पुस्तक पाठ्यक्रमको रुपमा लागू भएको मानिन्छ । यी कुनै पनि प्रक्रिया पुरा नभइकन नेपाली विभाग प्रमुख प्राध्यापक राजेन्द्र सुवेदीले अख्तियारको दूरुपयोग गर्दै लेखकलाई पत्र लेखी पुस्तक नै बजारमा ल्याउन उत्प्रेरित गरी स्नातककोत्तर तहमा नेपाली विषयका विद्यार्थीहरुलाई भ्रम र अन्यौल सिर्जना गरेका छन् । यसरी प्राध्यापनजस्तो पवित्र पेशामा रहेर पनि राष्ट्रसेवकको पद दूरुपयोग गर्दै त्रिविको प्राज्ञिक मर्यादा ध्वस्त बनाउने उद्योगतिर गरेकाले यो कार्य तुरुन्तै रोकियोस । यस्तै पुस्तकका लेखक रामकृष्ण बान्तवाले  पदको अनुचित प्रयोग गर्दै प्राध्यापक राजेन्द्र सुवेदीको पत्रको आधारमा आफ्नो पुस्तक (सघन तुावालो) पाठ्यक्रममा लागू भएको भनेर विभिन्न लेखकहरुलाई लेख, समाचार, टिप्पणी लेख्न लगाइएको छ । साथै विभिन्न संस्थाहरुलाई सम्मानसमेत गर्न लगाएर विभिन्न संस्था र ब्यक्तिहरुको नाममा बधाईका विज्ञापनहरु प्रकाशित गरी साहित्य र सिर्जनाको क्षेत्रलाई सार्वजनिक बेइज्जति गरेको प्रस्ट भएकोले उनीमाथि पनि आवश्यक कानुनी कारवाही गरी पाऊा ।

उजुरकर्ताको मागहरु
१. त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत केन्दि्रय नेपाली विभागका प्रमुख प्राध्यापक राजेन्द्र सुवेदीजस्ता सार्वजनिक पद धारण गरेका ब्यक्तिले पदको दुरुपयोग गर्दै
हङकङमा रहेका लेखक रामकृष्ण बान्तवालाई पाठ्यक्रममा छनौटमै नपरेको पुस्तकलाई पाठ्यक्रममा परेको भनी पत्र पठाएर अनुचित कार्य गरेका छन् । यसरी कानुनको उल्लंघन गरी पत्र लेख्ने प्राध्यापक सुवेदीलाई अख्तियारको ऐनको दफा ३ अनुसार हदैसम्मको कारवाही गरियोस । यसैगरी उनले मिति २०६६ साल चैत २० गते लेखकलाई पठाएको पत्रको छपाई तथा अनुवाद भनी सीटी स्कड कोर्टियर प्रा. लि. बिराटनगर, नेपालको छाप भएको अंग्रेजी भाषामा लेखिएको पत्र पनि छ । यसरी अनुवादित पत्रमा पनि उनै प्राध्यापक राजेन्द्र सुवेदीका हस्ताक्षर रहेको छ । यसरी पनि उनले अनुचित कार्य गरेको देखिन्छ।

२. उपन्यासका लेखक रामकृष्ण बान्तवाको सम्पर्क र सम्बन्ध बिराटनगर बस्दै आएको देवी पन्थीसाग रहेको छ । फाट्टफुट्ट लेख लेख्ने देवी पन्थीको आर्थिक चरित्र विगतदेखि नै निक्कै शंकास्पद रहदै आएको छ । लेखकले प्राध्यापक राजेन्द्र सुवेदीलाई देवी पन्थीमार्फत रिसवत पठाएको आशंका छ । किनभने २०६६ सालको असार २७ गते नेपाल र हङकङबाट प्रकाशित हुने सनराइज पोस्ट नामको अखबारमा उनले सघन तुावालो नामको उपन्यास पाठ्यक्रममा पर्दैछ भनी अन्तरवार्ता दिएका छन् । यसको फोटोकपि यसै उजुरी पत्रकासाथ संलग्न छ । लेखक बान्तवाले पैसाकै बलले धेरै काम गर्न सकिने दावी गर्दै त्यस्तै किसिमका शंकास्पद गतिविधि गर्दै आएका छन् । त्यसैले प्राध्यापक राजेन्द्र सुवेदीले देवी पन्थीमार्फत लेखकलाई पुस्तक पाठ्यक्रममा पारिदिन्छु भनी रिसवत लिएको आशंका उत्पन्न भएको छ । महेन्द्रमोरङ कलेज, बिराटनगरमा प्राध्यापन गर्दै सार्वजनिक पद धारण गरेका देवी पन्थीले दुई जनाको बीचमा मतियारको रुपमा काम गरेको देखिएको र लेखकबाट पैसा पनि बुझेर प्राध्यापक राजेन्द्र सुवेदीलाई रिसवत दिएको गम्भीर आशंका रहेकाले उनीमाथि ऐत अनुसार कारवाही गरियोस ।

३. स्तरीयताको कसीमा अहिले पाठ्यक्रममा परेको भनी चर्चामा आएको उपन्यास उत्कृष्ट छैन । आर्थिक लेनदेनको आधारमा उक्त विवादित उपन्यास पाठ्यक्रममा पार्न लागिएको छ । अतः यस्तो कार्य तुरुन्तै रोकियोस् ।

४. पाठ्यक्रममा पर्दै नपरेको तर पुस्तक तेस्रो संस्करणको शीरमै त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह नेपाली बिषय अन्तरगत ऐच्छिक पाठ्यक्रममा समावेश भनी किटेरै उक्त उपन्यास सघन तुावालो १० हजार दुई प्रति छापी अहिले  बजारमा ल्याई धमाधम विक्री वितरण भइरहेको छ । यसको प्रकाशकले कसरी यस्तो अनधिकृत कार्य गरेको हो, त्यो छानविन गरी भ्रम उत्पन्न गर्ने यस उपन्यासलाई तुरुन्त जफत गरी प्रकाशक साथी प्रकाशन प्रालि बागबजार, काठमाडौंलाई पनि छानविनको घेरामा ल्याइयोस । अन्यथा लाखौं विद्यार्थीको भविष्यसमेत अन्योलमा पर्ने स्पष्ट छ ।

५. यसअघि यो उपन्यासको दुई संस्करण १८हजार कपि विक्री भइसकेको दावी सार्वजनिक रुपमा पुस्तकका लेखकले  गरेका छन् । उनले २०६७ साल जेठ २७ गते बिहीबारको अंकमा कान्तिपुर दैनिकमा अखण्ड भण्डारीलाई आफ्नो ब्यक्तित्व लेखाउादै यस्तो दावी गरेका हुन् । कुनै पनि प्रकाशन संस्थाले आम्दानी अनुसारको कर तिर्नुपर्ने हुन्छ । १८ हजार प्रति विक्री भइसकेको र प्रति पुस्तक एक सय ६५ रुपैयाँ पर्ने पुस्तकको कर प्रकाशकले अहिलेसम्म बुझाएका छैनन् । र राजश्व अनुसन्धानले पनि यस्तो सार्वजनिक भइसकेको बिषयमा कुनै चासो राखेको छैन । अख्तियारले छानविनका लागि राजश्व अनुसन्धान विभागमा समेत लेखी पठाउन अनुरोध गर्दछु ।

६. हुदै नभएको कुरालाई सत्य हो भन्दै झुट प्रचार गर्दै उपन्यासका लेखक रामकृष्ण बान्तवाले हङकङमा विभिन्न संघ संस्थाहरुबाट सार्वजनिक रुपमा अहिले सम्मान थापिरहेका छन् । यस्तै विभिन्न ब्यक्तिहरुबाट पनि सार्वजनिक रुपमा विज्ञापनमार्फत बधाई ग्रहण गरिरहेका छन् । यसमा नेपालको सबैभन्दा ठूलो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय नै मुछिएको छ । त्यसैले नभएको कुराको झुट प्रचार गर्दै हिड्ने हङकङबासी रामकृष्ण बान्तवा झिकाएर प्राध्यापक सुवेदी र पन्थीका साथमा छानविन कारवाही अगाडी बढाइयोस ।

यस उजुरी निवदेनसागै मैले प्रमाणका लागि निम्न बमोजिमको प्रकाशित पुस्तक तथा कागजपत्रको फोटोकपि पेश गरेको पनि अनुरोध गर्दछु ।
पेश भएका सामग्रीहरुः
१. उपन्यास सघन तुावालोको तेस्रो संस्करण एक प्रति ।
२ उपन्यास सघन तुावालोको दोस्रो संस्करण एक प्रति ।
३. उपन्यास सघन तुावालोको पहिलो संस्करणको एक प्रति ।
४. प्राध्यापक राजेन्द्र सुवेदीले मिति २०६६ साल चैत २० गते पुस्तक पाठ्यक्रममा परेको भनी पुस्तक लेखकलाई पठाएको पत्रसंख्या ३२००६६।०६७ नम्बरको पत्रको फोटोकपि एक प्रति ।
५. प्राध्यापक राजेन्द्र सुवेदीले लेखक बान्तवालाई लेखेको सोही पत्रको अंग्रेजी अनुवाद एक प्रति ।
६. हङकङ तथा नेपालबाट प्रकाशित हुने सनराइज पोष्ट साप्ताहिक अखबारमा मतियार रहेका देवी पन्थीले रामकृष्ण बान्तवाको उपन्यास सघन तुावालो त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पर्दैछ भनी
घोषणा गरिएको २०६६ साल असार २७ गते उक्त अखबारमा प्रकाशित अन्तरवार्ताको फोटोकपी एक प्रति ।
७. सनराइज पोष्टको सोही अंकमा लेखकलाई बधाई ज्ञापन गर्दै प्रकाशन गरिएको विज्ञापनका फोटोकपि एक प्रति ।
८. रामकृष्ण बान्तवाले झुट प्रचार गर्दै बधाई थाप्दै गरेकोमा त्यसको भण्डाफोर गरी हङकङबाटै प्रकाशित हुने २०६६ असार ३१ गतेको एभरेष्ट साप्ताहिकको समाचारको फोटोकपि एक प्रति ।
९. रामकृष्ण बान्तवाको ब्यक्तित्व प्रकाशित भएको कान्तिपुर दैनिकको २०६७ साल जेठ २७ गतेको समाचार सामग्रीको फोटोकपि एक प्रति ।
१०. झुट प्रचार गर्ने लेखक रामकृष्ण बान्तवाले आफ्नो बचाउ गर्दै आफ्ना सहयोगी चन्द्र दुमी राईमार्फत झुट कुराको भण्डाफोर गर्ने एभरेष्ट साप्ताहिकका प्रकाशक किसन राईविरुद्ध लेखिएको लेखसहित
प्राध्यापक राजेन्द्र सुवेदीको पत्रसमेत प्रकाशित भएको सनराइज पोष्ट साप्ताहिकको २०६६ असार १२ गते प्रकाशित समाचार सामग्रीको फोटो कपि एक प्रति -यस अखबारको उक्त अंकमा २०६७ साल हुनुपर्नेमा भुलबश २०६६ लेखिएको हुनसक्छ)।
 
११. रामकृष्ण बान्तावाले सनराइज पोष्टमार्फत बधाई ग्रहण गरेको २०६६ असार ५ गतेको अंकको पृष्ठको सामग्रीको फोटोकपि एक प्रति-यसमा पनि २०६७ हुनुपर्नेमा उनीहरुको भुलबस २०६६ दोहरिएको
हुनसक्छ ।)

यी प्रमाणहरुका साथ मैले अनुचित कार्य गर्ने ब्यक्तिहरुलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८को दफा ३ अनुरुप शिघ्रातिशिघ्र हदैसम्मको कारबाही गरी त्रिविको छवि र लाखौं विद्यार्थीको भविष्य अन्धकारमा जानबाट रोखि पाऊा ।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top