चन्चली केकिलाई हङकङमा एक्लोपन महसुस

Saturday, 12.09.2017, 10:04pm (GMT6.5)

- मगेन्द्र राई
नेपाली फिल्म इन्डस्ट्रीमा हटकेक बनेकि केकि अधिकारीले हङकङको सुन्दर तर निर्जन टापुमा एक्लोपन महसुस गरिन। तिनको अनुहारमा झल्किएको एक्लोपनको अदा देखेर फिदा नहुने कोहि थिएनन।
केकिले उक्त एक्लोपन हङकङकि गीतकार भद्रकला आङ्बुहाङ राई द्वारा रचिएको तथा गायक स्वरुप राज आचार्य र गायिका प्रबिशा अधिकारीको युगल स्वरमा रेकर्डिङ गरिएको कर्णपृय को गीत "एक्लोपन महसुस गर्दैछु तिमी बिना" बोलको गीत मार्फत महसुस गरेकी हुन। केकिले गत आईतवार उक्त गीतमा ओमप्रकाश राई र बिकाश लिम्बुको साथ म्युजिक भिडिओमा अभिनय गरेकी थिईन। उक्त म्युजिक भिडिओ दर्जनौ चलचित्र बनाई पुरस्कृत समेत भैसकेका प्रख्यात निर्देशक सुबास गुरुङले निर्देशन गरेको छन।
गीतको छायांकन हङकङको सुन्दर टापु तुङलुङ चाउमा भन्ने ठाउमा गरिएको थियो। ‘हतारका कारण भने जस्तो गीतलाई न्याय गर्न नसके पनि यो भिडियो राम्रो हुनेछ’, थुप्रै गीतका एल्बल निकाली सकेकी तथा निर्मात्री भद्रकला बताउछिन। दुई महिना अगाडि मात्र रेकर्डिङ गराएको यो गीतको बारेमा थप भनिन " खासमा यो गीत सोनु निगमलाई गाउन लगाउने योजना थियो, प्राबिधिक कारण त्यसो हुन सकेन, आगामी नया एल्बममा यो गीत समेटिने छ" यो गीत चलचित्रका लागे समेत माग आईरहेको भद्रकला भन्छिन। , केकिले भनिन "यति राम्रो गीतलाई समय दिएर नेपाल मै बनाउन भद्रकला दिदिलाई सुझाव दिएको थिए, तर वहाले यतै तयारी गरिसक्नु भएको थिएछ, यहाँ पनि राम्रा प्राबिधिक टिम रहेछ्न, वहाहरु सङ्ग काम गर्न पाउँदा खुशी लाग्यो, फेरि यहाको सुन्दर दृष्यहरुले उत्तिकै साथ दियो। भिडिओ गज्जवको बनेको छ"।
म्यूजिक भिडियोको छायांकन ज्याप फोटो स्टूडियोका बिक्रम गुरुङले गरेका छन। उनको भनाईमा उक्त भिडियो हङकङमा अहिले सम्मकै ठुलो बजेटमा बनेको हो। यहि डिसेम्बर भित्र उक्त भिडियो हेर्न सकिने छ।

यो हङकङमा थुप्रै म्यूजिक भिडियो निर्माण भएकोले हङकङ अब म्युजिक भिडियो निर्माणको लागि उर्बर हुँदै गैरहेको छ।

www.bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.