Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Entertainment

मिस सिन्धुली हुने, विजेतालाई १ लाखको पुरस्कार

Thursday, 07.20.2017, 12:47pm (GMT+6.5)    | Comment | Print | Tell friend

५ श्रावण २०७४

काठमाडौं

ग्ल्यामरस नेपालले मोडलिङ्ग र ग्ल्यामरको क्षेत्रमा आफ्नो केरियर बनाउन चाहने किशोरीहरुका लागि मिस सिन्धुली २०१७ (सर्च फर हिडन ट्यालेन्ट शो) आयोजना गर्ने भएको छ । प्रतियोगिता विजेतालाई १ लाख रुपैया बराबरको पुरस्कार दिइने आयोजकले जनाएको छ । सौन्दर्यलाई भन्दा जानकारीमूलक शिक्षामा जोड दिई प्रतिस्पर्धीलाई सबल र सक्षम बनाउन मिस सिन्धुली आयोजना गर्न लागिएको आयोजक ग्लामरस नेपालका कोरियोग्राफर असिमज्वयल श्रेष्ठले बताए । प्रतिस्पर्धीलाई व्याक्तित्व विकास, सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, सामाजिक उत्तरदायित्व, जीवनशैली, कला, संस्कृति, बोलिचाली, क्याट वाकलगायतका बारेमा प्रशिक्षण दिइने श्रेष्ठले बताए ।

प्रतियोगितामा भाग लिन चाहने १६ देखि २५ वर्षसम्मका किशोरीमध्येबाट अडिसन राउन्डमा आत्मविश्वास, प्रस्तुतिकरण र अनुशासनको आधारमा दोस्रो चरणका लागि छानिने उनले जानकारी दिए । पहिलो चरणमा छनौट भएका किशोरीहरुलाई तीन साता लामो भिन्ना-भिन्नै शिर्षकमा आधारित बन्द प्रशिक्षणमा सहभागी गराईने बताइएको छ । भाग लिन चाहनेले कात्तिक ३ गतेसम्म आवेदन गर्न सक्ने छन् । प्रतिस्पर्धाको फाइनल कात्तिक अन्तिम साता सिन्धुलीमाडीमा हुने छ । विजेतालाई वर्ष २०१७ को ताज, क्राउन, प्रमाणपत्र, १ लाख बराबरको विभिन्न आकर्षक पुरस्कारसहित वर्षको सेलिब्रेटी घोषणा गरिनेछ । फष्ट, सेकेण्ड, थर्ड रनरअपसहित विभिन्न विधामा टाइटलहरु घोषित गरिने श्रेष्ठले बताए ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top