Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Entertainment

शाहरुख र अक्षयका कारण सिपोराको 'भूईामान्छे' २ साता पछि

Sunday, 06.18.2017, 05:08pm (GMT+6.5)    | Comment | Print | Tell friend

४ असार २०७४

काठमाडौ

राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र 'भूईँमान्छे'को प्रर्दशन मिति २ साता पछि सरेको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको 'भूईँमान्छे'ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो । शाहरुख खान अभिनित चलचित्र 'जब ह्यारी मिट सेजल' ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि 'भूईँमान्छे'को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । त्यस लगत्तै अक्षय कुमार अभिनित चलचित्र 'ट्वाईलेट एक प्रेम कथा' प्रर्दशनमा आउने भएकाले चलचित्र वितरकको सल्लाहमा 'भूईामान्छे' को प्रर्दशन मिति २ साता पछि सरेको हो । बलिउड स्टार अभिनित चलचित्र प्रर्दशनमा आएपछि नेपाली चलचित्रले हल पाउनै मुश्किल रहेकाले बाध्यतावश चलचित्रको प्रर्दशन मिति सारिएको निर्देशक बुढाथोकीले बताएका छन् । पोस्टमार्टम गर्ने व्यक्तिको कथामा केन्दि्रत 'भूईामान्छे' मा रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्टलगायत शैली थिएटरका कलाकारको अभिनय छ । लामो समयदेखि नाटक निर्देशन गर्दै आएका बुढाथोकीले यस अघि चलचित्र वनफूल निर्देशन गरेका थिए । वरिष्ठ रंगकर्मी अभिनित वनफूल अहिलेसम्म प्रर्दशनमा आएको छैन । वनफूल भन्दा अघि रोहिणी भट्टराईको लगानीमा निर्माण भएको उनको दोश्रो चलचित्र 'भूईामान्छे' प्रर्दशनमा आउन लागेको हो । भूईामान्छेसागै भदौ २ गते हेमराज बि.सी निर्देशीत चलचित्र ग्याङस्टार ब्लुज पनि प्रर्दशनमा आउादैछ ।


बगैचा सम्बाददाताका साथ हरि जंग थापा

Hot News

 

SEARCH

Newsletter

Top