Hot News
बाटो काट्दै हुनुहुन्छ ? जरिवानामा पर्नुहोला ? ; राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल
Home > News > Entertainment

लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न

Monday, 03.27.2017, 08:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

मेख्ली र ढुङ्ग्रीमुन्द्री लगाएर मिम्जी युङ्सिरो भन्दै श्रीकाली चौरीमा उफ्रि उफ्रि नचाइरहेका थिए, डान्स कोरियोग्राफर दिनेस माङमुले ।

अहिलेका हट नायिका तथा मोडल माला लिम्बूलाई साथ दिइरहेका थिए- नवजवान अभिनेता घणेन्द्र लिम्बूले । निर्देशक लोकेन सावाँको निर्देशनमा हिजो आइतवारका दिन श्रीकाली चौरीमा एक लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन भयो । क्यामेरामा साथ दिएका छन अर्जुन तिवारीको समुहले भने उक्त भिडियोमा दिनेस माङमुको कोरियोग्राफी रहेको छ ।

निर्देशक लोकेन सावां गत हप्तायता म्युजिक भिडियो निर्देशनमा धेरै ब्यस्त देखिन्छन् । यो हप्ता मात्रै ४ वटा म्युजिक भिडियो गर्दैछुू भन्छन् सावाँ । नायिका माला लिम्बूको यो दोस्रो लिम्बू म्युजिक भिडियो हो । काले दाइ र तिमीलाई भन्न सक्दिनँ जस्ता हालसालैका चर्चित म्युजिक भिडियोमा उनको अभिनय रहेको छ । नेपाली भाषामा भन्दा लिम्बू भाषामा काम गर्न निकै गाह्रो लागेको अनुभव उनले सुनाइन् ।

मिम्जी युङ्सिरोमा गायक मान तबेबुङ र गायिका सुस्मा लिम्बूको स्वर तथा अशोक लोहोरुङको संगीत रहेको छ ।अन्यकलाकार हरु दिनेस माङमु, सुक तुम्रोक, जुनि सुहाङ,ऋतु नेम्बाङ खुसबु चेम्जोङ र डिम्पल योङहाङको अभिनय रहेकोछ।


सुक माया राई

Hot News

 

SEARCH

Newsletter

Top