Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Entertainment

यसोधा खालिङ राईले सार्वजनिक गरिन 'मेरो मन'

Saturday, 12.31.2016, 04:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

१६ पुस २०७३

काठमाडौ

नेपाली सुगम संगीतमा एक दसक देखी सकृय गायिका यसोधा खालिङ राईको 'मेरो मन' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन् ।  

सोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखी नै गायनमा सक्रिय थिईन । स्थानिय स्तरमा हुने बिभिन्न साँकृतिक कार्यक्रममा नछुटाई सहभागी हुने यसोधाले अध्ययनको शिलशिलामा काठमाडौं आएपछी संगीतको अनौपक्षरिक शिक्षापनि लिएकी थिईन । सन २००६ मा पबिधान खालिङ रार्इको संगीतमा आफ्नो पहिलो साँगितिक कोशेली स्वरुप " यसोधा - १" बजारमा ल्याएकी उनले संगीत साधक स्व. अम्बर गुरुङको हातबाट लोकार्पण गराएकी थिइन । त्यही कार्यक्रममा उहाले दिएको आशिर्बादले थप उर्जा मिलेको बताउदछिन् उनी। २००६ देखिनै अमेरिका बसोबास गर्दै आउनुभएकी गायिका यसोधा अमेरिका रहदा पनि गायक जगदिश समाल तथा नरेन्द्र प्यासीबाट थप संगीत सम्बन्धित ज्ञान लिएकी थिईन । दोश्रो एल्बम यसोधा २ को अन्तिम तयारीमा जुटेकी यसोधा यसै एल्बममा सङ्रहित हुने गीत 'मेरो मन'को भिडियो बाट धेरै आशावादी छिन् । लामो समयदेखी अमेरिकामा बसोबार गर्दै आउनुभएका गायक, संगितकार, तथा गीतकारको पनि छबी बनाएका एन.बि. दाहालको संगीत र गीतकार गीता खत्रीको शब्द रचनामा तयार भएको गीतलाई फनिन्द्र राइले संगीत संयोजन गरेका छन ।

नेपाली कलाकारसँग सम्बन्धित संस्था "आर्टिस्ट नेपाल नेटवर्क" अन्तर्गतको 'आर्टिस्ट नेपाल प्रोडक्सन'को ब्यानरमा निर्माण भएको भिडियोमा मोडेल सम्पदा बानिया र योगेन्द्र राइ प्रस्तुत भएका छन् । अमृत सुनुवार तथा टिमको छायाँकन, नन्दा अधिकारीको मेकअप स्टाईल, भुवन लामाको कोरियोग्राफी रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन भने संचारकर्मी नव ढुंगेलले निर्देशन गरेका छन ।

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top