Hot News
नेपालमा लगानीको अवसर बारे अन्तक्र्रिया ; भरतपुरमा च्यातिएका मत मतपत्र आज सर्वोच्च अदालतमा ; काठमाडौंमा फोहरबाट १४ किलोवाट बिजुली उत्पादन ; चुम्लुङ हिम खरिद सहयोगार्थ याक्थुम स्वर्णिम साँझ–४ सम्पन्न ; धनगढीमा आफैले बोकेको बम विस्फोट हुँदाएक जनाको ज्यान गएको छ
Home > News > Entertainment

धेरै पटक पैसा नभएर भोकभोकै पैदल हिड्दै घर आएको छु : गायक रूकमान लिम्बु

Friday, 12.23.2016, 03:42pm (GMT+6.5)    | Comment | Print | Tell friend

धेरै पटक पैसा नभएर भोकभोकै पैदल हिड्दै घर आएको छु : गायक रूकमान लिम्बु

 

मनका धेरै कुराहरू भन्न नसकेरै होला गायक रूकमान लिम्बुले 'तिमीलार्इ म के, के भनौ’ बोलको गीत आफ्नै यूटुब च्यान मार्फत सार्वजानिक गरेका छन् । नेपाली लोक, आधुनिक, मारूनी, कौडा, सालैज्यू, पप भाका र लिम्बु भाषामा गरि ७० भन्दा बढि गीतहरू गाएका छन् । धेरै भाकामा गीत गाएर मात्र नहुने त्यसलार्इ न्याय गर्न सक्नु पर्छ भन्ने मान्यता पनि राख्ने गायक पनि हुन उनी ।  उनका धेरै गीतहरू यूटुबमा हेर्न र सुन्न सकिन्छ । उनी नेपाली गायन क्षेत्रमा व्यावसायिक रूपमा भने २०६८ सालमा आफ्नो एकल एलब्म 'शन्धी २०६८' (अ म्युजिकल ट्रटि) ल्याए पछि लागेका हुन् । साधारण तथा सरल गायकका रूपमा चिनिने गायक रूकमान लिम्बु ह्यान्डसम पनि छन् । पछिल्लो समय उनी मोडलिङमा समेत देखिन थालेका छन् । उनलार्इ पछिल्लो समय उनको आफ्नै गीत 'तिमीलार्इ म के,के भनौ’ मा रेसु तमाङसँग प्रमुख भूमिकामा देख्न सकिन्छ ।

मानिसमा इच्छा, रूचि मात्र भएर हुन्न त्यसलार्इ साकार बनाउन लगनशिलता र मेहन्त चाहिन्छ रूकमान लिम्बुबाट गायक रूकमान लिम्बु बन्न निकै संघर्ष गरेका छन् लिम्बुले । ताप्लेजुङमा जन्मेका गायक रूकमान लिम्बु सानै देखि नाचगागनमा रूचि राख्ने भएकाले उनी स्कुलमा हुने नाचगायन कार्यक्रममा भाग लिने गर्थे र धेरै पटक जिते पनि । कक्षा ८ सम्मको माध्यमिक शिक्षा ताप्लेजुङबाट लिएका उनी पछि राजधानी काठमाडौ आए पढेका हुन तर उनले गायनको शिक्षा र साधना भने ११, १२ मा पढ्न थालेपछि सुरू गरेका हुन । उनका बाबु ब्रिटिश आर्मी भएकाले उनलार्इ गायन क्षेत्रमा लाग्नु सहज थिएन तर उनले आफ्नो इच्छालार्इ मारेन्न उनले घरमा थाहानै नदिनै बागबजार स्थित गुरूकुल संगीत पाठशालाबाट गुरूदेव कामत र आदेश मगरबाट गायनको शिक्षा आरम्भ गरे । उनि ललितपुरमा बस्थे उनको कलेज सातदोबाटोमा थियो कलेजबाट बाँचेको १ घण्टाका लागि उनी बागबजार पुग्थे । गीतसंगीमा घरबाट सहयोग नहुने थियो । घरमा थाहा नदिएकाले उनलार्इ बसभाडा र खाजा खर्चमा जुटाउन निकै गाह्रो हुन्थ्यो । उनी त्यो क्षण सम्झदैँ भन्छन अझि याद छ म धेरै पटक बसभाडा नभएर बागबजारबाट पैदल हिड्दै भोकभोकै घर आएको छु । उनलार्इ घरबाट ब्रिटिश आर्मीमा भर्तिका लागि दबाब नआएको हैन। उनले पनि सक्दो कोशिस गरे पछि उनी आँखा जाँचमा अयोग्य भए पछि उनले आर्मीमा भर्ति हुने प्रयास गरेन्न र गायनमा पुरा समय दिन थाले । धेरै पछि घरपरिवारले थाहा पाए उनी गीत गाउछन् भनेर पछि घरबाट पनि सहयोग पाए । अहिले घरपरिवार गायनमा लागेकोमा खुसि छन् । घरमा प्राय गीतहरू सुनाउने गर्छन गायक लिम्बु त्यतिमात्र हैन समय समयमा मिठो खाना पनि पाकाएर खुवाउदा पनि रहेछन् गायक लिम्बु । उनलार्इ कुकिङमा पनि निकै रूचि रहेछ ।

 

अहिले उनलार्इ नेपाली गायन क्षेत्रमा लागि परेका छन् । गीतसंगीत साधनामा तथा लगनशिलता हुनु पर्ने भएकाले उनि साधना पनि त्यतिकै गर्छन । उनलार्इ गायनमा लागि रहन उनका गुरूहरूले दिएको प्ररणा र हौसला सम्झन्छन् । उनलार्इ संगितकार राजु सिंहले भनेको एउटा कुरा कहिले विर्सदैन्न 'तिमीमा जुनखालको भोकल टुँन छ त्यो निकै कमालको छ त्यसलार्इ मर्न नदेउ ।’ गाउन मान नलागे पनि यी कुराहरूले गाउन उर्जा दिने गर्दो रहेछ उनलार्इ ।

मैले उनलार्इ केहि क्षणहरूको प्रशंगमा सोधेको थिए कुनै बेला गायनमा लागेकोमा पछुतो वा नराम्रो लाग्ने क्षण आएन गायन यात्रामा ? उनले एउटा कार्यक्रम विर्सन सकेका रहेन छन् । ललितपुरको गोटिखेलमा भएको सांगितिक कार्यक्रममा उनि पनि गाउन गएका रहेछन् तर गाउने पालै नआइ सक्किएछ कार्यक्रम । त्यतिबेला उनलार्इ निकै नराम्रो लागेको थियो भन्छन उनी । 

अहिले उनले लगखेल स्थित म्युजिक कम्पनी रूबुसा क्रियटिभ वाक्स संचालन पनि संचालनमा ल्याएका छन् । धेरै भाकामा गीत गाइसकेका गायक लिम्बु आफ्नो नयाँ एलब्मको तयारीमा पनि जुटेका छन् । भने केहि दिन पछि हङकङमा हुन गैरहेको पाथिभरा नाइटका लागि हङकङ जादैछन् । उनको यो यात्राका लागि शुभयात्रा तथा बधार्इ

 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top