Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > Entertainment

चौबन्दि चोलिमा कस्तो देखियो ?- निलम रोजु

Tuesday, 11.29.2016, 03:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

१४ मंसिर २०७३

काठमाडाैँ

निलम राेजु रार्इले 'चाैबन्दि चाेलिमा कस्ताे देखियाे भन्छन रे केटाहरू मनै रेटियाे भन्ने बाेलकाे गीत सांगीतिक बजारमा ल्याएकी छिन् । निरन्तर संगीतमा लागेकि उनले याे गीतमा शब्द, संगीत र स्वार फै दिएकी छिन् । गीतमा ठेट नेपाली शब्द प्रयाेग गरेतापनि गायन र संगीत भने आधुनिक शैलीमा छ । गीतमा मुख्य भूमिकामा विजोय रार्इ र नम्रता सापकोटालार्इ देख्न सकिन्छ । गीतको छायाङ्कण काठमाडौ उपत्यकामा गरिएको हो । यो गीत यूटुवमा रमेत हर्न सकिन्छ ।


मिलन रोजु रार्इ निकै मेहेनती संगीतकार हुन् । सय भन्दा बढि नेपाली गीतमा संगीत गरिसकेकि उनले आफ्नो एकल एल्बम 'हरपल पनि निकालि सकेकि छिन् । लोक, आधुनिक, पप, मारूनी जस्ता गीतहरूमा संगीत गरेकि उनलार्इ गायन भन्दा संगीत बढि रूचि तथा सहज हुने बताउछिन् । उनको पहिलो संगीत भने आफ्नै एल्बम हरपलको 'यो मनमा सायदबाट आरम्भ गरेकी हुन् । त्यही गीत सबैले मनपराइदिए । उनी नेपाली गीत संगीतमा भने प्रवेश गरेको भने ३ बर्ष हुदैछ । सुरूमा गीतसंगीत रहरले लागेकी उनी गीत संगीतमा लागि रहन्छु भन्ने लागेको थिएन । अग्रज दार्इ दिदिहरू सबैको प्रेरणा र हौसलाले उनलार्इ यहाँसम्म डोहोर्यायो अब नेपाली गीत संगीतमा लागि रह्ने उनको सोच छ ।


यतिबेला नेपाली गीत संगीत खस्कदो अवस्थामा रहेको उनको ठम्यार्इ छ । उनी भन्छिन 'हामीले अग्रजहरूको मार्ग लिनु पर्छ तर त्यसबाट बाच्न गाह्रो छ । नयाँ तवरमा आफै हिड्न पनि अन्योल छ। त्यसैले नेपाली गीत संगीतको अवस्था खस्किदो छ । गीतसंगीतमा साधना गर्नुका साथै अध्ययन गर्नु पर्छ भन्ने उनको मान्यता छ । उनी भाबि दिनमा नेपालका विविध लोकभाहरूको अध्ययन गर्ने उनको सोच छ । उनीलार्इ गीत संगीत जस्तो भएता पनि आफ्नोपन, आफ्नो पहिचान भने हुनु पर्छ भन्ने लाग्छ । 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top