Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Entertainment

अलगको विशेष शृङ्खलामा ‘भेटिएको डायरी’, ‘अलग कविता’ र ‘अलग सङ्गीत’ विमोचित

Friday, 10.16.2015, 12:34pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ असोज । साहित्य र सङ्गीतको अभियान ‘अलग अभियान’को दोस्रो विशेष शृङ्खला सम्पन्न भएको छ । काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा सम्पन्न शृङ्खलामा मण्डल साम्पाङ, कैलाश राई र राजकुमार समालको सङ्गीतमा नाकिमा, नदीश र गोपालचन्द्र राईको शब्दलाई सिता सिङ्गक, बबिना किराती, सागर संसार राई, राजकुमार समाल, पूजा श्रेष्ठ र नम्रता राईले प्रस्तुत गरे भने अविनाश भट्टराई, आइती घले, अनिल किराती, दुतेन्द्र चाम्लिङ, इनुमा राई, किरण दाहाल, केवल बिनाबी, लक्ष्मी रुम्बा, मुक्तान थेवा, नवराज पराजुली, नदीश, प्रज्ज्वल अधिकारी, प्रतिमा पाठक, प्रणिका कोयु, राजु स्याङ्तान, सविना सिन्धु, साङ्केन बान्तावा, सुवास संगम राई र उदिम किरातीले कविता वाचन गरेका थिए ।

कार्यक्रमको प्रारम्भमा प्राज्ञ श्रवण मुकारुङ, कवि तथा संस्कृतिविद आहूती, कवि गीतकार टेक तामाङ, सङ्गीतकार पारस मुकारुङ र बगैंचा डटकमका सुवास राई लगायतका अतिथिबाट गोपालचन्द्र राईकृत उपन्यास भेटिएको डायरी, सामूहिक कविताकृति ‘अलग कविता १’ र गीति एल्बम ‘अलग सङ्गीत १’ पनि विमोचन भएको थियो ।

विमोचित कविताकृतिमा अर्जुन खालिङ, अनिल किराती, अनिल पृथक, अविनाश भट्टराई, उदिम किराती, खुक्सङ खम्बू, चन्द्र रानोहोंछा, चन्द्रवीर तुम्बापोे, छम गुरुङ, जेनन नेपाल, दुतेन्द्र चाम्लिङ, नदीश, नाकिमा, निभा शाह, प्रकाश थाम्सुहाङ, प्रतिमा पाठक, प्रणिका कोयू, फूलमान बल, बम बानियाँ, भोगेन एक्ले, मन्जु मार्मिका, राजु स्याङ्तान, राबत, विशद, विश्व सिग्देल, शकुन्तला जोशी, शकुन आँसु, सङ््गीतश्रोता, साङ्केन बान्तावा, सुन्दर कुरुप, स्वप्निल स्मृति र हेमन यात्रीको कविता सङ्ग्रहित छ भने गीति एल्बममा नदीश, नाकिमा, गणेशकुमार राई र विपल बोयुङको शब्दलाई मण्डल साम्पाङ, राजकुमार समाल र रेवत राईले सङ्गीतमा सागर संसार राई, बबिना किराती, रेवत राई, सविना राई र निश्चल राईले स्वर दिएका छन् ।

अलग अभियानले हरेक महिना मासिक र प्रत्येक वर्ष विशेष शृङ्खला आयोजना गर्दै आएको छ ।


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top