मिनाश्री पुमा राई ले ल्याईन एकवर्ष भित्रमा 'स्कुले जीवन'

Saturday, 10.03.2015, 09:10pm (GMT6.5)

१७ असोज २०७२ काठमाडौ
नव गायिका मिनाश्री पुमा राईको पहिलो भिडिओ एल्बम " स्कुले जीवन" हिजो रातोपुल स्थित Rock House Cafe काठमान्डौमा एक कार्यक्रम माझ सार्बजानिक गरिएको छ।

कार्यक्रमको अध्यक्षता अर्जुन दुमी राई कलाकार सवन्मय समितिका अध्यक्ष, प्रमुख अतिथि वरिष्ठ गीत तथा संगीतकार भुपाल राई, विषेश अतिथिहरु खोटाङ समाज हङकङका पुर्व अध्यक्ष,समाजसेवि तथा बगैचा डटकम बजार ब्यवस्थापक सुबास पुमा राई, गितकार टीका चाम्लिङ र  रक हाउस क्याफे को सन्चालक सुमन राई को बाहुलीबाट सयुक्त रुपमा एल्वम विमोचन गरिएकोथियो। कार्यक्रममा संगितकर्मी, संचारकर्मी लयायत अन्य ब्यकतिहरुको बाक्लो उपस्थिती रहेकोथियो।

मिनाश्री को उक्त सार्बजानिक भिडिओ एल्वमको बारेमा गितकार टीका चाम्लिङ्ले समिक्षा को साथै समालोचना गर्नु भएकोथियो। मन्तब्यको क्रममा सुबाश पुमा राई र भुपाल राई ले आफ्नो मन्तब्यको साथमा शुभकामना दिनु भएकोथियो भने भुपाल राई लाई सडक आन्दोलनमा भेटिरहेको मिना राई यसरी एकैचोटी एल्वम लिएर सार्वजनिक भएको मा अच्चम साथमा हर्षोल्लास महशुष भएको र उक्त एल्वममा उक्त लडीरहेको मुद्दाहरु किरातिपनहरु समेटिएकोहोस भन्ने सजेसन दिनु भएकोथियो। मन्तब्यको क्रममा गायिका मिनाश्री ले आफ्नो सँगित गुरु हरु एल्वम तयार गर्न सुरु देखि अहिले सम्मको सहयोगी साथै उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नु भएको। साहास राईले सँचालन गर्नु भएको उक्त कार्यक्रमलाई अध्यक्ष अर्जुन दुमी राईले आफ्नो मन्तब्यको साथमा कार्यक्रमलाई समापन गर्नुभएकोथियो।

मिनाश्री को उक्त एल्वममा ६वटा गीत समेटिएकोछ कार्यक्रममा एल्वमको भिडियो प्रदर्सन गरिएकोथियो।


सुबास पुमा राई

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.