Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > Entertainment

सन्जय तुम्रोकको 'सेवारो' म्युजिक भिडियो एल्वम सार्वजनिक

Friday, 09.18.2015, 11:09am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं – १ असोज
नेपाली साङ्गीतिक क्षेत्रमा उदयमान प्रथम पूर्वाँञ्चल आईडल २०६३, अधिराज्यब्यापी रेडियो नेपाल आधुनिक गीत प्रतियोगीता २०६३ प्रथम गायक सञ्जय तुम्रोकको पछिल्लो 'सेवारो' म्युजिक भिडियो एल्वम चर्चित गायक राजेस पायल राई, वरिष्ठ संगीतकार राजुसिंग, कान्तिपुर साप्ताहिकका सम्पादक सुबास ढकाल, संगीतकार प्राज्ञ अशोक लोहोरुङ राई लगायतका बरिष्ठ ब्यक्तित्वहरू माझ हिजो बिहिवार मालिङगो रेस्ट्रो गजल राजधानीमा विमोचन सम्पन्न भयो ।

गरामनी ९, झापा सैनिक बजार -बुबा,आमाःडम्बर बा.तुम्रोक,बुद्धिमाया लिम्बू सैक्षिक योग्यताःस्नातक तह TU अधिराज्यब्यापी रेडियो नेपाल आधुनिक गीत प्रतियोगीता २०६३ मा "धमिरा लाग्यो धुरीको बलो" बोलको गीत गाएर प्रथम स्थान हासिल गरेका सन्जयले २ दर्जन भन्दा ज्यादा नेपाली चलचित्रहरूमा गीत गाई सकेक छनभने ८ सय भन्दा ज्यादा गित समेत रेकर्ड गरि सकेकाछन। बिभिन्न संघ संस्थाहरूबाट सम्मान तथा कदर पनि प्राप्त गरिसकेका, देश, बिदेश बर्मा हङकङ लगायत विषेश कार्यक्रम गरिसकेका सन्जयले चाडैनै नयाँ म्यूजिक भिडियो एल्बम ल्याउने तयारीमा छन ।

सेवारो अगी नौलो कथा र सुर दुईवटा सोलो एल्वम निकालीसकेका युवा गायक सञ्जयको आवाजमा बेग्लै मिठास रहेको, उनको साङ्गीतिक भविश्य सुगम र सफल होस् बताउँदै कार्यक्रमका अतिथिहरूले उनको प्रशंसा गरेका थिएभने गायक राजेश पायल राईले गायक सन्जयको स्वरको प्रशंसा गर्दै सरल, मेहनत र इमान्दार रहेको, मौलिकता भएको गीत गाउनाले आफू सञ्जयको फ्यान नै भएको बताए ।

पर्फमिङ आर्ट क्रियशन प्रालीले बजारमा ल्याएको 'सेवारो' मा पाँच वटा 'गीत' र 'भिडियो' सेवारो, तिमि बिना, तेल बिनाको, मेरो माया र सेतो हिमाल बोलको गीत समावेश छन् ।


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top