जशोदा सुब्बाको ‘धुनहरु’

Friday, 09.11.2015, 04:32pm (GMT6.5)

२५ भाद्र,  काठमाडौं

केही वर्षअघि धरान सुनसरीबोलको गीत सायद धेरैले सुनेको हुनुपर्छ। यस गीतको गायिका हुन् जशोदा सुब्बा। मिठो स्वरकी धनी जशोदा, पछिल्लो समय गायन क्षेत्रलाई स्थागित राखेता पनि अहिले आफ्ना श्रोता/दर्शक माझ धुनहरुलिएर आएकी हुन। जसलाई हिजो बिहीबार राजधानीको युनियन हाउसमा वरिष्ठ गायिका कुन्ती मोक्तानको बाहुली बाट सार्वजनिक गरीएकोछ।रुबुशा क्रियशन वर्कस्ले बजारमा ल्याएको धुनहरुमा चार वटा गीत समावेश छन्। तिमिलाई आफ्नो भन, निदाई छैन, म कोपिला सारी र सबैको नजर रहेको छ। जसमा शब्द कुमार श्रेष्ठ, सम्भु गुरु, नरेस भट्टराई, तुलसी बस्नेतको छ भने म्युजिक कुमार श्रेष्ठ, सम्भु गुरुङ, तारा प्रकास लिम्बू, बिनोद खम्बु र एरेन्ज उदय राज पौड्याल, गोपाल रसाईली र पबिधान राई रहेकोछ।नेपाली सांगीतिक क्षेत्रमा एक महिला स्वर थपिएको, गायन संख्याको आधार पुरुषको तुलनामा महिला निकै कम, तर कला र प्रतिभा पुरुष भन्दा कम नरहेको र जसोधाको स्वर मात्र नभएर मान्छे पनी सुन्दरी भएको प्रमुख अतिथि गायिका कुन्ति मोक्तानले आफ्नो मन्तब्यमा ब्यक्त गरिन।गायनमा सानै देखी रुचि रहेको र धेरै मिहिनेत पछी आफ्नो पहीलो एल्वम 'धुनहरु' ल्याउन सफल भएको यस एल्वममा समेटिएको गीतहरुले जहाँ सम्म स्रोताहरुलाई मनोरञ्जन दिने कोशिस गरेको गायिका जसोधाले बताईन। कार्यक्रमलाई याङजोन सेर्पाले सन्चालन गरेकी थिईन भने स्वागत मन्तब्य रुप कुमार लिम्बूले दिएकाथिए।तिमीलाई आफ्नो भनिगीतको म्युजिक भिडियो समेत देखाइएको थियो।

कल्पना तुम्राेक

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.