Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > Entertainment

तीन युवतीको रोजाई एउटै केटा भएपछि लुछालुछ...

Wednesday, 08.12.2015, 11:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

तयाहाङ्माको 'कोइ छ' मा विशालको ४ युवतीसंग रोमान्स विश्वमा प्रेमका कारण धेरै मित्रताहरु तोडिएका छन् । सबैको रोजाई एउटै मान्छे भइदिदा मित्रता नै दुश्मनीमा परिणत भएका धेरै उदाहरण छन् । यस्तै एक कथामा म्यूजिक भिडियो निर्माण भएको छ । नितिन चन्दले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा तीन युवतीले एकै युवकलाई मनपराउँदा कस्तो परिणाम आउन सक्छ भन्ने कथा देखाउन खोजिएको छ । गायिका तायाहाङ्मा र्राईको 'कोइ छ' बोलको नयाँ म्यूजिक भिडियोमा यस्तो प्रेम कथा समावेश भएको हो । भिडियोमा गायिका स्वयम्को समेत अभिनय रहेको छ । यही भिडियोबाट रंग पत्रकारितामा विगत ६ वर्षेखी सकृय रंगपत्रकार विशाल र्राईले मोडलिङमा डेब्यु गरेका छन् । चार युवतीसंग उनको रोमान्स भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियोमा रंग पत्रकार विशालका साथै एलिसा र्राई, सुमन र त्रिप्ताको अभिनय रहेको छ । म्युजिक भिडियोमा स्वयम गायिका तायाहाङमा र्राईकोपनि मोड्लिङ रहेको छ । विशालको ३ मोडलसंगको रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियो निर्देशक नितिनका अनुसार गीत राम्रो भएकाले आफुले म्युजिक भिडियोमा फरकपन दिएको बताए । गायिका तायाहाङ्मा र्राई पछिल्लो समय दास्रो एल्बम 'तराना' लिएर केही समय अगाडी दर्शकमाझ आएकी थिइन् । नेपाली संगीत क्षेत्रमा ७ वर्षो अनुभवसंगै, डा. किरातसंग औपचारीक रुपमा ४-५ वर्षसंगीत क्लास लिइसकेपछी गायिका तायाहाङ्गमा र्राईले एल्बम ल्याएकी हुन् । २०६७ सालमा आधुनिक गीत स्वर परिक्षा पास गर्दै २०६८ सालमा लोकतन्त्र दिवसमा आयोजित काठमाडौमा राष्ट्रब्यापी गायन प्रतियोगीतामा प्रथम भएकी थिइन् । ५ गीत र एक म्युजिक ट्रयाक समावेश रहेको एल्बममा 'आऊ तिमी, जिवनसंग, जसलाई देवता, मायाको गहिर्राई र कोही छ' बोलको गीत समावेश गरिएको छ । जसलाई देवता बोलको गीत एल्बममा म्युजिक टर्याकपनि समावेश गरिएको छ । राज सागरले संगीत दिएका छन् । एल्बममा समावेश एक 'मायाको गहिर्राई' बोलको गीतको म्युजिक भिडियोपनि र्सार्वजनिक गरिएको थियो । गायिका तायाहाङ्गमा र्राईको पहिलो एल्बम ' त्रि्रो याद विमोचन २ वर्षअगाडी गरिएको थियो । पहिलो एल्बममा ७ वटा गीत समावेश गरिएको थियो । गायिका तायाहाङ्गमा र्राई केही समय अगाडी कर्न्सटका लागी कोरिया र हङकङ पुगेर आएकी थिइन् । यु आर स्टाइल इन्टरटेन्मेन्ट टिमले बनाएको यस म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका हुन्, भने नन्दा अधिकारीको मेकअप रहेको थियो । म्युजिक भिडियोमा नमित चन्दले एसिस्टेन डाइरेक्सन गरेका थिए ।


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top