चलचित्र बिकास बोर्डले आदिबासी जनाजतीका चलचित्रलाई सम्मान

Sunday, 07.12.2015, 11:27am (GMT6.5)

काठमाडाै, १२ जुलाई २०१२
नेपाल सरकार चलचित्र बिकास बोर्डले पहिलो पटक आदिबासी जनाजतीका चलचित्रलाई सम्मान गरेको छ । निमार्ण हुन थालेको झण्डै २७ बर्षपछी बोर्डकै हलमा एक कार्यक्रमका बिच सम्मान गरिएको थियो । चलचित्र बिकास बोर्ड अन्तरगत रहेको आदिबासी जनजाती मातृभाषी चलचित्र प्रबर्धन समितिले आयोजना गरेको कार्यक्रममा गत बर्षा उत्कृष्ट आठ भाषा चलचित्रलाई बोर्डका अध्यक्ष राजकुमार र्राईले खादा र सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए । राज्य बाट ढिलै भएपनी सम्मान गर्दा आदिबासी जनजाती चलचित्रकर्मीमा थप उर्जा मिलेको बताउछन् सम्मानित युम्पो देउरालीका निर्देशक बेद बहादुर गरुङ (श्याम) । सम्मानित हुनेमा नेवारी भाषाको "छ हे मदुसा " थारु "प्रितक फुल" लिम्बु "कोवा केक्मा" मगर "रैयाँ" गुरुङ "युम्पो देउराली" तमाङ "म्हेन्दो" र्राई "मतान" र सुनुवार भाषाको "क्योङ" चलचित्र रहेका छन् । २०४४ साल मा नेवारी भाषाको शिलु चलचित्र निर्माण भएसँगै हाल सम्म बिभिन्न आदिबासी मातृभाषाका ४५० भन्दा बढी चलचित्र निमार्ण भर्इसकेको पाइन्छ । 

युबराज मास्की राना मगरको अध्यक्षता सम्पन्न कार्यक्रममा बिशेष अतिथि आदिबासी जनजाती चलचित्र महासंघ अध्यक्ष अमृत बहादुर सुनुवार, अतिथि निबर्तमान अध्यक्ष प्रतिमाया पुन जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु बरिष्ठ कलाकार तथा चलचित्रकर्मी हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बक्ताहरुले अहिले नेपालको मौलिक चलिचित्र भनेकै आदिबासी चलचित्र भएको हुदा यसको अनुकुलमा सरकारले स्पस्ट निति तथा कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार र्राईले आदिबासी चलचित्र निमार्ण थुप्रै नितिगत समस्या रहेको हुदा आगामी दिनमा यसलाई सहज बनाउदै जाने बताउनु भएको छ । कार्यक्रममा साँस्कृतिक नृत्यहरु पनी प्रस्तुत गरिएको थियो ।

अमृत सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.