Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Entertainment

नेपाली कथानक चलचित्र ‘षडङ्ग’ हङकङमा प्रदर्शनक हुने, सम्पूर्ण तयारी पुरा

Monday, 06.29.2015, 11:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

प्रतिनिधि बगैंचा डटकम
२९ जुन २०१५ हङकङ । लुमिनियस पिक्चर्सको ब्यानरमा सुरज सुनुवारद्वारा निर्देशित तथा कथा, सम्वादमा आधरित नेपाली कथानक चलचित्र ‘षडङ्ग’ हङकङमा प्रदर्शनको लागि सम्पूर्ण तयारी पुरा भएको कुरा निर्देशक तथा आयोजक सुरज सुनुवारले बगैंचालाई बताएका छन ।

नेपालमा प्रदर्शन गरेर चर्चित भैसकेको चलचित्र ‘षडङ्ग’ जुलाई १ तारिक बुधावार साँझ ७:३० बजे युनलोङको थियटर हलमा प्रदर्शन गरिने छ ।

ग्याङस्टार तथा एडल्ट श्रेणीमा निर्माण गरिएको उक्त चलचित्र बहु चारित्रिक भएको हुनाले सबै किसिमका दर्शकहरुले भरपुर मनोरञ्जन लिन सक्ने छन् । बिजय लामा, सौगात मल्ल, प्रियंका कार्की, अनुप बराल, सौरभ राज तुलाधर, नबिन मानन्धर र ए गुरुङ, लगायत रंगमंचका चर्चित कलाकारहरुको जमघट रहेको षडङ्गमा हर्सका श्रेष्ठको एउटा गीतमा बेजोड आईटम डान्स हेरेर मस्ति मनोरन्जन लिन सकिने छ । २ घन्टा २० मिनेट लामो चलतित्र षडङ्गमा छांयाङ्कन, सम्पादन, साउण्ड ईफेक्ट निक्कै स्तरिय छन् ।

हङकङमा बसेर, हङकङमै कथाबस्तु तयार पारेर, आफ्नै लगानि र आफ्नै निर्देशनमा तयार पारिएको नेपाली कथानक चलचित्र ‘षडङ्ग’ हङकङेली नेपाली शान हो । यसर्थ एक पटक सबै हङकङेली नेपाली दाजुभाई तथा दिदिहरूलाई हलसम्म गएर चलचित्र हेरेर मनोरन्जन लिन निर्देशन सुरज सुनुवारले आग्रह तथा अनुरोध गरेका छन् ।

दर्शकहरूको सुविधाको लागि जोर्डनको पुरानो नाचघरबाट सशुल्क बसको ब्यवस्था गरिएको छ । बस साँझ ६:३० बजे छुट्ने छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top