Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Entertainment

नेपाली कथानक चलचित्र ‘षडङ्ग’ हङकङमा प्रदर्शन हुने

Wednesday, 05.27.2015, 12:19am (GMT+6.5)    | Comment | Print | Tell friend

प्रतिनिधि बगैंचा डटकम

२५ मे २०१५ हङकङ । लुमिनियस पिक्चर्सको ब्यानरमा सुरज सुनुवारद्वारा निर्देशित तथा कथा, सम्वादमा आधरित नेपाली कथानक चलचित्र ‘षडङ्ग’ हङकङमा प्रदर्शन हुने कुरा वान्चाई स्थित ह्योल्मो क्लबमा एक पत्रकार सम्मेलन गरि जनकारी गराईएको छ ।

नेपालमा प्रदर्शन गरेर चर्चित भैसकेको उक्त चलचित्र ‘षडङ्ग’ जुलाई १ तारिक बुधावार साँझ ७:३० बजे युनलोङको थियटर हलमा प्रदर्शन गरिने भएको छ । बिषिष्ट अतिथिको रूपमा उपस्थित हुनु भएका चलचित्र निर्देशक मौसम लिम्बू, अतिथि सुमन वनेम र पत्रकारहरू माझ आफैले कार्यक्रम संचालन गर्दै निर्देशन सुरज सुनुवारले ‘षडङ्ग’ को बारेमा जानकारी दिंदै- राजनैतिक दाउपेच का ६ बटा महत्वपूर्ण तत्व तथा अंग नै षडङ्ग हो भनि जिज्ञाषालाई प्रष्ट पार्नु भएको थियो । 

ग्याङस्टार तथा एडल्ट बेशको फिल्म भएको र थप कुरा बहु चारित्रिक फिल्म भएको हुनाले सबै किसिमका दर्शकहरुले भरपुर मनोरञ्जन लिन सकुन भन्ने कुरामा केन्द्रित रहेर केही आप्नोपन दिन खोजेको निर्देशक सुनुवार बताउनु भयो । बिजय लामा, सौगात मल्ल, प्रियंका कार्की, अनुप बराल, सौरभ राज तुलाधर, नबिन मानन्धर र ए गुरुङ, लगायत रंगमंचका चर्चित कलाकारहरुको जमघट रहेको षडङ्गमा हर्सका श्रेष्ठको एउटा गितमा बेजोड आईटम डान्स रहेको छ । करिब एक करोड ने.रु. लागतमा तयार भएको अडाई घन्टा लामो चलतित्र षडङ्गमा छांयाङ्कन, सम्पादन, साउण्ड ईफेक्ट र सम्बादहरु सबल रहेको निर्देशन सुनुवारले दावी गर्नु भएकोछ । 

हङकङमा बसेर, हङकङमै कथाबस्तु तयार पारेर, आफ्नै लगानि र आफ्नै निर्देशनमा तयार पारिएको नेपाली कथानक चलचित्र ‘षडङ्ग’ हङकङेली नेपाली कै साझा प्रपर्टी हो । यसर्थ एक पटक सबै हङकङेली नेपाली दाजुभाई तथा दिदिहरूलाई हलसम्म गएर चलचित्र हेरेर मनोरन्जन लिन निर्देशन सुरज सुनुवारले आग्रह तथा अनुरोध गर्नु भएको छ ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top